पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, रसियन पर्यटकको मृत्यु

पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, रसियन पर्यटकको मृत्यु

पोखरा : पर्यटकीय नगरी पोखरामा मंगलबार पनि प्याराग्लाइडिङ दुर्घटना भएको छ । मंगलबार मध्यान्ह १२ बजेर ५ मिनेटमा सराङकोटबाट उडेका एकजना रसियन नागरिक डिमित्री स्टेपनसिनको दुर्घटनामा परेर ज्यान गएको हो ।

दुर्घटनामा परेका रसियन प्याराग्लाइडरलाई उपचारका लागि पोखरास्थित मेट्रो सिटी अस्पतालमा पुर्‍याइएको थियो । चिकित्सकले त्यहीँ उनलाई मृत घोषित गरे । मृत्यु हुने राहदानी नम्बर ७५६६५५८०६  का रसियन पर्यटक ४२ वर्षीय डिमित्री स्टेपनसिन रहेका वडा प्रहरी कार्यालय बैदामका डिएसपी कोमल शाहले जानकारी दिएका छन् ।  

पोखरामा तीन दिनदेखि लगातार प्याराग्लाइडिङ दुर्घटना भइरहेको छ । सोमबार रसियाका दुई नागरिक प्याराग्लाइडिङ दुर्घटनाा परी गम्भीर घाइते भएका थिए । त्यस्तै  आइतबार रोमानियाका एक पर्यटकको प्याराग्लाइडिङ दुर्घटनामा परेर ज्यान गएको थियो । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.