भागेर भारत जान लागेको जोडी पक्राउ
![भागेर भारत जान लागेको जोडी पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/online-Annapurna-Image_20180618121005_nvDtgXRl2v.jpg)
बैतडी : नेपाल भारत सीमानाका बैतडीको झुलाघाटबाट भागेर भारत जान लागेका एक जोडीलाई प्रहरीले बुधवार पक्राउ गरेको छ। पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिका ५ का २३ वर्षीय शंकर बोहरा र २१ वर्षीया हरिना बोहरा (नाम परिवर्तन) रहेका छन्।
विवाहित यी दुबैजना बहुविवाह गरेर भारत जान लागेको बुझिएको निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक दीपक पातलीले बताए।
'बझाङ प्रहरीमा ३ दिन अगाडी बहुविवाह गरी भागेको उजुरी परेको रहेछ', उनले भने ‘भारत जाने सीमानाका बैतडीमा पर्ने भएकोले हामीलाई खबर आएको थियो। सोही खबरका आधारमा हामीले निगरानी राखेका थियौं।’
पक्राउ परेका दुबैजनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। दुवै जनलाई बिहीवार बझाङ प्रहरीलाई बुझाउने बताइएको छ। बझाङ प्रहरीले घटनाको थप अनुसन्धान गर्ने जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)