निर्मला हत्या प्रकरण: एसपी विष्टसहित ८ जना विरुद्व मुद्दा दायर

निर्मला हत्या प्रकरण: एसपी विष्टसहित ८ जना विरुद्व मुद्दा दायर

महेन्द्रनगर : जिल्ला प्रहरी कार्यालयका तत्कालिन प्रमुख एसपी डिल्लीराज विष्टसहित ८ जना विरुद्व जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरले बुधबार अभियोजनसहित पेश गरेपछि उनीहरु विरुद्व अदालतमा मुद्दा दायर भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझाले बुधबार अदालतमा मुद्दा दायर गरिएको जानकारी दिए।मुद्दा दायर भएसँगै बुधबार नै ६ जनालाई जिल्ला अदालतमा उपस्थित गराइएको छ।२ जना भने उपस्थित भएनन्।
 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी कृष्णराज ओझाका अनुसार तत्कालीन डीएसपी ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षकद्वय जगदिशप्रसाद भट्ट र एकेन्द्र खड्का, सइहरु हरिसिंह धामी र रामसिंह धामी तथा प्रहरी जवान चाँदनी साउद बुधबार अदालतमा उपस्थित भएका छन्।

तत्कालिन एसपी डिल्लीराज विष्ट र सिआइबीका डीएसपी अंगुर जिसी भने अदालतमा उपस्थित नभएको प्रहरीले जनाएको छ ।नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उत्तमराज सुवेदीले अदालतमा उपस्थित भएका ६ जना प्रहरी कर्मचारीहरु प्रहरी हिरासतमा रहेको पुष्टि गरे। 

उनले तत्कालिन एसपी विष्ट र डीएसपी अंगुर जिसी भने फेला नपरेको बताए। '६ जनालाई पक्राउ गरेर हिरासतमा राखिएको छ, उनले भने, 'अन्य २ जना भने फेला परेका छैनन्।' जिल्ला अदालत कञ्चनपुरका स्रेस्तेदार हरिकृष्ण सुवेदीले ८ जनाकै विरुद्व छुट्टा-छुट्टै मुद्दा दायर भएको बताए। उनले बिहीबारदेखि मुद्दाको सुनुवाई सुरु हुने बताए।अदालतमा पक्ष विपक्षबीचको बयानपछि थुनछेक आदेश हुनेछ। 

पुष ३ गते जिल्ला प्रहरी कार्यालयमा प्रमाण नष्ट गरेको अभियोगमा एसपी विष्टसहित तत्कालीन डीएसपी ज्ञानबहादुर सेठी, सिआइबीका डीएसपी अंगुर जिसी ,इन्सपेक्टर एकेन्द्र खड्का, इन्सपेक्टर जगदिश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद विरुद्ध पनि जाहेरी दर्ता भएको थियो।यातना दिएकोमा तत्कालिन एसपी विष्टसहित, डीएसपीद्वय अंगुर जीसी र ज्ञानबहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खड्का विरुद्व जाहेरी दर्ता भएको थियो।

निर्मलाकी आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट गरेको भन्दै जाहेरी दिएकी थिइन् भने दिलिपसिंह विष्टका दाजु खड्कसिंह विष्टले यातना दिएको भन्दै जाहेरी दिएका थिए। सरकारले तत्कालिन एसपी विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टलाई सेवाबाट भविष्यमा अयोग्य नठहरने गरी वर्खास्त गरेको छ भने बाँकी ६ जना निलम्बनमा रहेका छन्। गत साउन १० गते साथीको घरमा गएकी निर्मलाको साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.