बैतडीमा नेपाल इन्भेष्टमेन्ट बैंकको शाखारहित बैंकिङ सेवा
![बैतडीमा नेपाल इन्भेष्टमेन्ट बैंकको शाखारहित बैंकिङ सेवा](https://annapurnapost.prixacdn.net/media/albums/NIBL-Bank_20190307111707_ZPjgntpGhd.jpg)
बैतडी : नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले शाखारहित बैकिङ सेवालाई विस्तार गर्न थालेको छ। दुर्गम क्षेत्रका नागरिकको बैकिङ सेवामा पहुँच पुर्याउने उद्देश्यसहित शाखारहित बैंकिङ सेवाको विस्तार गरेको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड सतबाँझ बैतडीका प्रबन्धक गोविन्दबहादुर बिष्टले जानकारी दिए।
बिहीबार सुर्नया गाउँपालिका-६ को मोतीनगरमा बैंकको शाखारहित सेवा उद्दघाटन गरिएको उनले बताए। शाखारहित बैंकिङ सेवाबाट खाता खोल्न सकिने, रकम जमा गर्न र झिक्न सकिनेलगायतका सेवाहरु उपलब्ध हुने उनले बताए।
यसअघि बुधबार सिगास गाउँपालिकाको गाँजरीमा पनि नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले शाखा विस्तार गरेको छ। बैतडीको सतबाँझमा शाखामार्फत सेवा दिइरहेको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले दुर्गम गाउँमा पनि बैकिङ सेवा पुर्याउन पहल गरिरहेको प्रबन्धक बिष्टले बताए।उनले भने, 'हामीले ग्रामीण क्षेत्रका नागरिकको बैकिङ सेवामा पहुँच पुर्याउन लागि पहल गरिरहेका छौं।'
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)