बाल्टिमोरमा क्याप्टेन थापा र राष्ट्रपतिका प्रमुख स्वकीय सचिव अधिकारीलाई सम्मान
मेरिल्याण्ड : अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर स्थित नेपाल हाउस चमेना गृहमा क्याप्टेन रामेश्वर थापा तथा राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीलाई स्वागत तथा सम्मान गरिएको छ।
अमेरिकाको भ्रमणमा रहेका उद्यमी, लेखक तथा क्याप्टेन रामेश्वर थापालाई महा वाणिज्यदूत प्रेमराजा महतले निम्तो दिएर बाल्टिमोरबासी नेपाली समुदायले स्वागत तथा भेटघाट गरेका थिए।
उक्त अनौपचारिक भेटघाट कार्यक्रम अमेरिकामा कामको दिन परेको भएता पनि उपस्थित भएका नेपाली समुदायलाई थापाले धन्यबाद दिए। केही घन्टाको बसाइमा थापाले केही देशका समसामयिक कुराहरु सुनाए। साथै आफू नै सञ्चारघर कै संचालक भएको हैसियतले सञ्चारमाध्यम र पत्रकारको भूमिका र वर्तमान समयमा सकारात्मक संदेश आम जनता जानु पर्ने कुराको चर्चा गरे। उनले अगाडि भने, 'नकारात्मक समाचारले केही समय टिक्न सक्ला तर अन्तत्वगत्वा सकारात्मक संदेश भएमा यसले दिर्घकालीन रुपमा काम गर्ने छ।'
उक्त भेटघाट कार्यक्रम नेपाल हाउसका संचालक प्रेम राजा महतले नेपालका प्रसिद्ध व्यक्तित्व तथा राष्ट्रपति कार्यालयका विशेष व्यक्तित्वद्वयलाई स्वागत गर्न पाउँदा हर्ष लागेको बताए।
कार्यक्रममा प्रवासी नेपाली मंच अमेरिकाका अध्यक्ष प्रभु थापा, बानाका पूर्व अध्यक्ष कुलमणि आचार्य, अभियन्ता कृष्ण ढकाल लगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस !