टिपरको ठक्करबाट बालकको मृत्यु
![टिपरको ठक्करबाट बालकको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/20180416225109_death_o5Lox2EGnY.jpg)
महेन्द्रनगर : टिपरको ठक्करबाट कञ्चनपुरमा एक बालकको ज्यान गएको छ।
भीमदत्त नगरपालिका ३ नौलाखेत चौराहमा एक टिपरले ठक्कर दिँदा स्थानीय १० वर्षीय बालक विकास ऐडीको ज्यान गएको हो। महेन्द्रनगर बजारबाट भीमदत्त नगरपालिका १ को बारकुन्डा तर्फ गइरहेको म १ ख ७३७ नम्बरको टिपरले नौलाखेत चौराह नजिकै ठक्कर दिएको हो। बालकको घट्नास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ।
तीव्र् गतिमा रहेको टिपरले ठक्कर दिएको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन्। प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको छ। मृतक बालकका परिवार र आफन्तले शव घट्नास्थलबाट उठाउन मानेका छैनन्। उनीहरुले ठक्कर दिने चालकलाई कारबाही हुनुपर्ने र उचित क्षतिपूर्ति दिइनुपर्ने माग राखेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)