सांसद मल्ल अपहरणमुक्त : मानसिक तनाव दिए, दुर्व्यवहार गरेनन्

सांसद मल्ल अपहरणमुक्त : मानसिक तनाव दिए, दुर्व्यवहार गरेनन्

बझाड : जिल्लाको बुंगल नगरपालिका बिजगडमा कार्यकर्ता भेटघाट र महिला दिवस कार्यक्रममा जाने क्रममा अपहरित भएकी सांसद देवकी मल्ललाई नेत्रविक्रम चन्द विप्लव समुहका कार्यकर्ताले मुक्त गरेका छन् ।

शुक्रबार सदमुकाम चैनपुरबाट हिँडेकी सुदुरपश्चिम प्रदेशसभा सदस्य मल्ललाई विप्लवका कार्यकर्ताले अपहरण गरेका थिए । सांसद मल्ललाई केदार गाउँपालिकाको पाउटारबाट अपहरण गरिएको थियो । त्यसपछि चार घण्टा सम्र्पक बिहिन गरेर जंगलमा राखेपछि शुक्रबार साँझ चार बजे नै रिहा गरेको हो ।

‘कार्यक्रमका लागि गाँउतिर हिँडेकी थिएँ,’ सांसद देबकी मल्लले भनिन् । दश बाह्र जना विप्लव कार्यकर्ताहरु एकाएक बागथला बिजगडा सडकखण्डको पाउटारमा तपाईँसँग काम छ गाडीबाट झर्नुहोस् भनेर चार, पाँच घण्टा उनीहरुले आफ्नो नियन्त्रणमा लिएर ससम्मान छोडेको उनले बताइन् ।

मल्लले आफूलाई सत्तापक्ष भएकोले निर्मला हत्याकाण्ड लगायत घटनामा सरकार आफैँ संलग्न भएर सत्ताको दुरुपयोग गरिरहेको भन्दै देशको समसामयिक राजनीतिक विषयमा कुराकानी गरेको र विप्लवका पक्षमा लाग्न आग्रह गरी बिनाशर्त छोडेको समेत उनको भनाइ छ ।

विप्लव कार्यकर्ताले आफूसँगै सडकबाट चार घण्टा उकालो जंगलमा लिएपछि सांसदसँग हिँडेका कार्यकर्ताले प्रहरीलाई जानकारी दिएपछि प्रहरीको टोली सांसदको खोजीमा केदार गाउँपालिकाको पाउटार आसपासमा जाँदैगर्दा सांसद मल्ल जंगलबाट तल झरि सकेकी थिइन् ।

मल्ल प्रहरी सहित आफन्तसँग बागथला प्रहरी चौकीमा आएपछि बल्ल सम्र्पकमा आएकी थिइन् । विप्लव कार्यकर्तालाई अफूलाई केही मानसिक तनाब गरेको भए पनि अन्य दुव्र्यवहार भने नगरेको सांसद मल्लले बताएकी छन् । विप्लव समुहले भने विज्ञप्ति निकाल्दै आफूहरुले अपहरण नगरेको जिकिर गरेको छ । मल्लबारे मिडियामा आएका खबरबारे आफूहरुको ध्यानाकर्षण भएको भन्दै सिकन्दर नामका नेताको हस्ताक्षर सहितको विज्ञप्तिमा अपहरण अस्वीकार गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.