रानी,जमरा आयोजना आसपासमा अतिक्रमण

रानी,जमरा आयोजना आसपासमा अतिक्रमण

 टीकापुर : राष्ट्रिय गौरवको आयोजना रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाको मुख्य इन्टेक क्षेत्रमा अतिक्रमण बढ्दै गएको छ। पहिलो चरणको कार्यक्रम सम्पन्न गरिसकेको आयोजनाको चिसापानी क्षेत्रमा आयोजनालाई प्रभाव पार्ने गरी भएको अतिक्रमण बढ्दै गएको हो।

कर्णाली नदीको चिसापानी पुलबाट दक्षिणतर्फ निर्माण सम्पन्न भएको मुख्य इन्टेकलाई प्रभाव पार्ने गरी स्थानीयबाट भएको अतिक्रमण प्रतिदिन बढ्दै गइरहेको छ। स्थानीय केही व्यवसायीले इन्टेक क्षेत्र र नहरलाई प्रभावित गर्ने गरी अतिक्रमण गरेर पक्की संरचना बनाइरहेका छन्।

एक वर्षअघि इन्टेक क्षेत्रबाट नहरसम्म स्थानीयले सय हाराहारी पक्की पुल संरचना निर्माण गरे पनि हाल उक्त संख्या बढेर एक सय ५० पुगेको छ।

आयोजना सुरु हुनुअगावै उक्त क्षेत्रमा निर्माण गरिएका पक्की तथा कच्ची टहराको आयोजनाले चार वर्षअघि नै क्षतिपूर्ति दिइसकेको छ। आयोजनाबाट क्षतिपूर्ति लिइसक्दा पनि कतिपय स्थानीय व्यापारीले आयोजनाको क्षेत्रबाट संरचना नहटाएपछि अतिक्रमण बढ्दै गएको हो।

आयोजनाका डिभिजन इन्जिनियर दिनेशचन्द्र भट्टका अनुसार स्थानीय र केही व्यवसायीले अझै पनि संरचना हटाएका छैनन्। मुख्य इन्टेकदेखि नहरसम्मको छेउमा झन्डै एक सय ५० घर निर्माण गरेर अतिक्रमण भइरहेको हो।

‘पटक–पटक संरचना हटाउन ताकेता गर्दा पनि अटेरी गरेर काम प्रभावित गरिरहेका छन्’, इन्जिनियर भट्टले भने, ‘इन्टेक क्षेत्रमा भएको अतिक्रमण हटाउन सरोकारवाला निकायसँग आयोजनाले समन्वय गरिरहेको छ।’

मुख्य इन्टेकदेखि झन्डै दुई किलोमिटर क्षेत्रमा स्थानीयले अतिक्रमण गरेर पक्की संरचना निर्माण गर्दै आइरहेका छन्। ‘इन्टेक रहेको क्षेत्रमा गेट निर्माण भइरहेको छ, गेट बनाउने ठेकेदारले नै आयोजना क्षेत्रमा तारबार गर्ने गरी सम्झौता भइसकेको छ’, भट्टले भने, ‘अतिक्रमण हटाएर तारबार गर्न स्थानीय तह, प्रहरी प्रशासन र सुरक्षाकर्मीको सहयोग आवश्यक छ।’

लम्की चुहा नगरपालिका–३ का वडाध्यक्ष भक्तबहादुर चलाउनेले आयोजनालाई प्रभावित गर्ने गरी भइरहेको अतिक्रमण हटाउन स्थानीय तह तयार रहेको बताएका छन्।

‘आयोजनाबाट क्षतिपूर्ति लगिसकेपछि पनि संचरना हटाउनुको साटो बढ्दै गइरहेका छन्, यो दुःखद कुरा हो’, वडाध्यक्ष चलाउनेले भने, ‘आयोजनाले स्थानीय तहसँग समन्वय गरे अतिक्रमण हटाउन आफूहरू सहयोग गर्न तयार छौं।’

राष्ट्रिय गौरवको आयोजना रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाको मुख्य इन्टेक क्षेत्रमा अतिक्रमण हुनुले निर्माणसमेत प्रभावित हुँदै आएको छ। इन्टेकमा प्रवेशद्वारमा, फूलबारी निर्माण गर्ने योजना रहेको भए पनि प्रतिदिन भइरहेको अतिक्रमणले निर्माण प्रभावित हुन पुगेको छ।

कैलालीको पूर्वीक्षेत्रको १८ हजार ३ सय हेक्टर र लम्कीदेखि पश्चिमसम्मको १४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ। कर्णाली नदीबाट पराम्परागत रूपमा सिँचाइ प्रणाली सञ्चालन हुँदै आएको रानी, जमरा र कुलरिया सिँचाइ प्रणालीलाई बृहत् सिँचाइका रूपमा विकास गर्न सरकारले यो आयोजना सुरु गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.