पर्यटन विकासका लागि प्रदेशको छुट्टै एयरलाइन्स : मुख्यमन्त्री गुरुङ

पर्यटन विकासका लागि प्रदेशको छुट्टै एयरलाइन्स : मुख्यमन्त्री गुरुङ

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशको पर्यटन विकासका लागि प्रदेशको छुट्टै एयरलाइन्स हुनुपर्ने बताएका छन्। गण्डकी प्रदेश सरकारले समृद्धिको प्रमुख आधार पर्यटन बनाएको छ।प्रदेश सरकारले सन् २०१९ लाई गण्डकी प्रदेशलाई आन्तरिक पर्यटन वर्ष घोषणा गरेको छ।

सन् २०२१ भित्र गण्डकी प्रदेशको राजधानी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने गरी विमानस्थलको काम भइरहेको छ।अन्तर्राष्ट्रिय विमानस्थल संचलनमा आएसँगै छिमेकी देश चीन र भारतबाट सिधै पोखरामा हवाई सेवा सञ्चालन हुने भएकोले पर्यटनबाट प्रदेशको समृद्धिका लागि प्रदेशको छुट्टै एयरलान्स समेत हुनुपर्नेमा उनले जोड दिए।

नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) गण्डकी प्रदेशको २४ औं साधारणसभालाई कास्कीको रुपाकोटमा सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले २० देखि २५ प्रतिशतसम्म लगानी गर्ने र अरु लगानी निजी क्षेत्रले गरेर भएपनि छुट्टै प्रदेशको एयरलाइन्स संचालन गर्न सकिने सुनाए। 

आफू पर्यटनमन्त्री हुँदा निजी क्षेत्रका नाटा, टान, हान सबै संघ संस्थाले अन्तर्राष्ट्रिय उडानका लागि एउटा जहाज किन्न अनुरोध गरेको मुख्यमन्त्री गुरुङले सम्झिए।त्यतीबेला आफूलाई यो किसिमको एयरलाइन्सका जनशक्तिले र म्यानेजमेन्ट सिष्टमले सयवटा जहाज ल्याएर दिएपनि केही गर्न नसक्ने उनले प्रष्ट पारे। 

जनशक्ति र सिष्टमको अवस्था अहिले पनि सुधार नआएको उनले सुनाए। त्यसैले जनशक्ति र सिष्टम सुधार गर्नु‍पर्ने उनले जोड दिए। काठमाडौं केन्द्रित पर्यटनलाई विकेन्द्रकरण गर्नुपर्ने पनि मुख्यमन्त्री गुरुङले बताए। धेरै भन्दा धेरै नागरिकले पर्यटन क्षेत्रबाट लाभ पाउनुपर्ने पनि उनले बताए। गण्डकी प्रदेश र पोखरालाई अन्तर्राष्ट्रिय क्षेत्रमा ब्राण्डिङ गर्नका लागि पनि संघ सरकारले पोखरालाई पर्यटकीय राजधानीको रुपमा घोषण गर्नुपर्नेमा जोड दिए। 

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले गण्डकी प्रदेश सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषण गर्न गरेको निर्णयलाई क्याबिनेट मिटिङमा लगेपनि पास नभएको बताउँदै रवीन्द्रलाई सच्चा श्रद्धाञ्जली दिनका लागि पनि गण्डकी प्रदेशलाई संघ सरकारले पर्यटकीय राजधानी घोषण गर्नुपर्नेमा उनले जोड दिए। 

गण्डकी प्रदेशका सांसद राजीव पहारीले गण्डकी प्रदेशको राजधानी पोखरालाई चीन र भारतको ट्रान्जिटको रुपमा विकास गर्न कोरला नाका छिटोभन्दा छिटो खोलेर भारतसम्म जोड्नुपर्ने बताए। नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सका केन्द्रीय अध्यक्ष चेतनारायण पाण्डेले बैंकको चर्को ब्याजका कारण ठूला लगानी जोखिमपूर्ण अवस्थामा रहेको बताए। ब्याजदर नघटाए पर्यटन क्षेत्रको ठूलो लगानी संकटमा पर्ने उनले बताए। पहिले 

पहिले पर्यटक जहाँजहाँ जान्छन् त्यहाँ पर्यटकीय क्षेत्र हुने गरे पनि अब त्यस्तो नरहेकाले पर्यटकीय पूर्वाधार बनाएर विश्व पर्यटन बजारमा पहुच पुर्‍याएर पर्यटक ल्याउनुपर्ने अवस्था रहेको सुनाए। नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) गण्डकी प्रदेशका अध्यक्ष सन्तोष पोखरेलले पर्यटन क्षेत्रमा लगानी बढे अनुसार पर्यटकको आमगन नहुँदा पर्यटन क्षेत्र प्रभावित भएको बताए। बैंकको चर्को ब्याजका कारण पर्यटन व्यवसायीहरु संकटमा परेको बताउँदै पोखरेलले ब्याज तिर्न पनि ब्याज नै लिनुपर्ने अवस्था रहेको सुनाए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.