चुनावी परिणमले नेपाल-भारत सम्बन्धमा फरक पर्दैन : राजदूत आचार्य

चुनावी परिणमले नेपाल-भारत सम्बन्धमा फरक पर्दैन : राजदूत आचार्य

नयाँ दिल्ली : भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतमा हुने चुनावको परिणामले दुई देशको सम्बन्धमा कुनै असर नपर्ने बताएका छन् । भारतीय राष्ट्रपति रामनाथ कोविन्दसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि नेपाली दूतावासमा कुरा गर्दै राजदूत आचार्यले यस्तो बताएका हुन् । 

भारतमा लोकसभा चुनावको सरगर्मी बढेका बेला राजदूत आचार्यले आफ्नो कामबारे पनि जानकारी दिए । भारतमा चुनावी सरमगर्मी बढेकाले व्यक्तिगततहमा सम्बन्ध विस्तारका लागि भेटघाटलाई तीब्रता दिने बताए । 

'यहाँ अहिले चुनाव लागेको छ, द्धिपक्षीय सम्बन्धबारेमा तत्काल केही निर्णय भइहाल्छ भन्ने हुँदैन', उनले भने, 'तर यसबीचमा व्यक्तिगत, सरकारी र प्रशासनिक क्षेत्रबीच सम्बन्ध बिस्तार गर्ने प्रयास गर्छु ।'

दुई मुलुकबीच विश्वासको वातावरण थप मजबुत बनाउन आफनो प्रयास रहने आचार्यले बताए । 'नेपाल-भारतबीच सदियौ पुरानो मित्रता छ । त्यसलाई विकसित गर्दै लानुपर्छ र बनाइ राख्नु (मेन्टेन) पनि गर्नु पर्छ', उनले भने, 'त्यसका लागि मित्रता र सहयोगको क्रम बढाउँदै लानुपर्छ । सम्भावनाका नयाँ क्षेत्र पहिल्याउनु पर्छ र सहकार्यमा जोड दिनुपर्छ ।'

राजदूत आचार्यले दुई मुलुकबीचको आपसी विश्वासलाई धक्का पुर्‍याउने विषय भए दुई पक्षमा छलफल गरेर टुंग्याइ हाल्नु पर्नेमा जोड दिए । 'यो अभ्यास निरन्तर हुनुपर्छ । सम्झौता र आश्वासनहरु लाइ व्यवहारिक तहमा कार्यान्वयन गर्नु पर्छ । पुरा नहुने स्थिति छ भने त्यसलाई पनि छलफलमा ल्याइहाल्नु पर्छ', आचार्यले अगाडि भने । 

नेपाल-भारत सम्बन्ध सही दिशामा अघि बढिरहेको पनि राजदूत आचार्यले भने । 'यो सम्बन्धलाई थप प्रभावकारी बनाउने दिशातर्फ अगाडि बढनुपर्छ', उनले भने, 'जे जति समस्या आउँछन्, अथवा रहेका छन् त्यसलाई द्धिपक्षीय वार्ताबाट समाधान गर्नुपर्छ, मेरो जोड पनि यसैमा रहनेछ ।'

भारतमा आगामी महिना हुन लागेको लोकसभा निवार्चनपछि आउने परिणामले नेपाल-भारत सम्बन्धमा कुनै फरक नपर्ने आचार्यले बताए । 'निर्वाचन परिणाम जस्तो आए पनि दुई मुलुकबीचको घनिभूत सम्बन्धमा कुनै फरक पर्दैन', उने भने, 'नेतृत्व परिवर्तन हुँदैमा सम्बन्धका प्राथमिकता बदलिँदैनन् । दुई मुलुकबीचको घनिष्ट सम्बन्ध सरकार र प्रतिपक्षी सबैसँग समान हुन्छ ।'

राजदूत आचार्यले ओहोदाको प्रमाणपत्र बुझाउनुअघि  भारतीय विदेश सचिव विजय गोखलेसँग अनौपचारिक भेटघाट गरेका थिए । उनले कश्मीरको पुलवामा आक्रमणपछि भारतले दक्षिण एशियाली मुलुकका नियोग प्रतिनिधिलाई गरेको  बिफ्रिङ्गमा सहभागी भएका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.