चितुवा र कुकुरको डेढघण्टा भिडन्त : चितुवाको मृत्यु

चितुवा र कुकुरको डेढघण्टा भिडन्त : चितुवाको मृत्यु

गोरखा : पालुङ्टार नगरपालिका ९ भोर्लेको जंगलमा चितुवा र कुकुरको भिडन्त हुँदा चितुवाको मृत्यू भएको छ। बिहीबार बिहान चारबजेदेखि साँढे पाँचबजेसम्म भएको भिडन्तमा चितुवा मरेको वडा अध्यक्ष भेजराज पाण्डेले जानकारी दिए।

स्थानीय फुचुङ लामाको बाख्रा फाराममा बाख्रामाथि आक्रमण गर्न आएको चितुवामाथि कुकुरले प्रत्याक्रमण गर्दा चितुवाको मृत्यू भएको उनले बताए। ‘बाख्रा फाराममा साना ठूला गरेर छ वटा कुकुर थिए। कुकुर सबै उन्नत जातका  हुन्’, उनले भने, ‘दोहोरो भिडन्त हुँदा चितुवा पनि मरेको छ। एउटा कुकुरको पनि मृत्यू भएको छ।’ दुईटा कुकुर पनि घाइते भएको उनले बताए।

चितुवा र कुकुरको डेढघण्टासम्मको भिडन्त बाख्रा फारामका धनी फुचुङ लामाले प्रत्यक्ष हेरेको अर्का स्थानीय तपबहादुर उप्रेती बताउँछन्। फारामसँगै रहेको सालको जंगलदेखि चिसापानी खोलासम्म भिडन्त भएको बाख्रा फारामका साहु लामाले देखेको उनले बताए।

घटनास्थलमा रातामाटे सेरा चौकीबाट प्रहरी पुगिसकेको र सो चितुवा वन कार्यालयलाई जिम्मा लगाउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए। 

चितुवाको मुचुल्का गरी गाड्ने डिभिजन वन अधिकृत इमनाथ पौडेलले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.