‘प्रधानमन्त्री राजा बन्न खोजे’

‘प्रधानमन्त्री राजा बन्न खोजे’

गोरखा : कांग्रेस केन्द्रीय सदस्य एवम् नेपाल महिला संघकी सभापति डिला संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओली राजा बन्न खोजेको आरोप लगाएकी छन्। 

महिला संघको राष्ट्रिय अभियानको क्रममा गोरखा आएकी संग्रौलाले शनिबार पत्रकारसँगको भेटमा यस्तो बताएकी हुन्। विधिको शासन मिचेर व्यक्तिको शासन लाद्दै प्रधानमन्त्रीले सेना प्रधानमन्त्री माताहत ल्याउने प्रयास गरेको उनको आरोप छ। 

‘राष्ट्रिय सुरक्षा, काम कर्तव्य र अधिकार विधेयक २०७५ प्रस्ताव गरिएको छ’, उनले भनिन्, ‘नेपालको मौजुदा संविधानअनुसार राष्ट्रिय सुरक्षा परिषदले मन्त्रिपरिषद्बाट पास गरी राष्ट्रपतिले सेना परिचालन गर्नुपर्नेमा सबै ऐन कानुन मिचेर प्रधानमन्त्री ओली फेरि अर्को राजा बन्दैछन्।’

कांग्रेसले प्रधानमन्त्रीको कदमविरुद्ध प्रेस विज्ञप्ति निकालेर र सदनमा  संशोधन प्रस्ताव हालेको उनको भनाइ छ। सुरक्षा परिषदलाई बाइपास गरेर राष्ट्रपतिलाई छायामा राखेर प्रधानमन्त्री आफैंले सेना परिचालन गर्न पाउने विधेयकले नेपालका मौजुदा संविधानलाई बाइपास गरेको उनको आरोप छ। 

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई प्रधानमन्त्री र गृहमन्त्रीले संरक्षण दिएर राखेको आरोपसमेत उनको छ।  अर्को प्रसंगमा उनले पार्टीभित्र हिन्दू राज्यको विषयमा जनमत संग्रह गर्ने विषयमा बहस भए पनि त्यसतर्फ कांग्रेस नफर्किने दाबी गरिन्। 
   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.