'विप्लव' सँग वार्ता गर्न सरकारलाई नेता सिंहको आग्रह

'विप्लव' सँग वार्ता गर्न सरकारलाई नेता सिंहको आग्रह

बिर्तामोड : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपासँग वार्ता गर्न सरकारलाई आग्रह गरेका छन्। झापाको बिर्तामोडमा सोमबार बिहान प्रेस युनियन झापाले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यो विषय राष्ट्रिय सुरक्षाको विषय भएकाले प्रतिबन्ध नभई वार्ताबाट समाधान खोज्न आग्रह गरे। 

उनले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाएर देशलाई द्वन्द्वतर्फ धकेल्न खोजेको आरोप समेत लगाए । दुई तिहाइको बहुमत भएकाले अरु दललाई सरकारले चासो नदिएको बताउँदै उनले नेपालमा अब निषेध र प्रतिबन्धको राजनीति नचल्ने दाबी गरे।

सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउना साथ कांग्रेस सभापति देउवाले सरकारको काम सही भएको प्रतिक्रिया दिनु कांग्रेसको आधिकारी धारणा नभई देउवाको व्याक्तिगत विचार मात्र भएको बताए। 'सभापतीले तत्काल प्रतिक्रिया दिनुभएको थियो, त्यो पार्टीको आधिकारीक धारणा होइन, कांग्रेस अझै पनि सबै राष्ट्रिय सुरक्षाका विषयमा सरकारले राष्ट्रिय दलको मान्यता प्राप्त दलसँग छलफल गर्नुपर्छ भन्ने विषयमा अडिग छ, 'नेता सिंहले भने।

कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले गणतन्त्र र सङ्घीयताका विषयमा जनमत सङ्ग्रह गर्नुपर्छ भन्ने कुरा सञ्चारमाध्यममा आउनु दु:खत भएको बताउँदै नेता सिंहले कोइरालाको व्यक्तिगत विचारलाई सञ्चारमाध्यमले अनावश्यक उचालेको बताए। उनले जनमत सङ्ग्रहको विषयमा अहिलेको आवश्यकता नभएको दाबी गरे। 

सरकारको विषयमा बताउँदै नेता सिंहले दुई तिहाइको बहुमत भएकाले अरु दललाई सरकारले चासो नदिएको आरोप लगाए । सरकार एक वर्षको अवधिमा असफल भएको दावी गर्दै सिंहले सस्तो लोकप्रियताका लागि कामभन्दा भाषणमा रमाई रहेकाले सरकारले जनअपेक्षा बुझ्न नसकको बताए। उनले सरकार सुरक्षा परिषदलाई बाईपास गरी प्रधानमन्त्रीनै सर्वसभा बनाउन खोजिनुले सरकारको नियतमाथि नै आशंका व्यक्त गरे। 

आफ्नै पार्टीका विषयमा बोल्दै उनले विधिवत रुपमा चल्न नसक्दा नेपाली कांग्रेस कमजोर अवस्थामा पुगेको उनको भनाई छ । सिहले जिल्लादेखि केन्द्रसम्मनै विधान संवत काम नहुनु कांग्रेस कमजोर हुनुको मुख्य समस्या भएको बताए। 

'विगतका वर्षमा कांग्रेसले यो गर्‍यो, त्यो गर्‍यो भन्दै कति वर्ष बस्ने कांग्रेस आफै तर्फ प्रश्न चिन्ह खडा भएको छ,' उनले भने । कांग्रेस सभापती शेरबहादुर देउवातर्फ इंगित गर्दै नेता सिंहले नेतृत्व तहले दुई महिनामा सक्ने पार्टी भित्रको समस्या दुई वर्षमा टुङ्ग्याउन नसकेको दाबी गरे। अब विधानअनुरुप काम नगरे जिल्लादेखि केन्द्रसम्मनै पार्टी धरापमा पर्ने उनको ठहर छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.