अश्लील फोटो पोस्ट गरिएको प्रहरीको फेसबुक सीआईबीको सहयोगमा निस्क्रिय

अश्लील फोटो पोस्ट गरिएको प्रहरीको फेसबुक सीआईबीको सहयोगमा निस्क्रिय

गोरखा : प्रहरीको अपराध अनुसन्धान विभाग(सीआईबी)ले अश्लील तस्बिर पोस्ट गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाको फेसबुक पेज निस्क्रिय बनाएको छ ।  सोमबार जिल्ला प्रहरी कार्यालय गोरखाको नाममा रहेको फेसबुक पेजमा एकाएक अश्लील तस्बिरहरु पोस्ट भएका थिए । 

सीआईबीको सहयोगमा  सो फेसबुक पेज निस्क्रिय बनाइएको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले जानकारी दिए ।‘धेरै मिहिनेतपछि बल्ल अहिले हटाउन सफल भयौं’, एसपी रावलले भने, ‘अब पेज नखुल्ने भएको छ । तर कसले त्यसो गर्‍यो भनेरचाहिँ खोज्ने क्रम जारी छ ।’

सोमबार साँझदेखि देखा पर्न थालेका अश्लील तस्बिरहरु मंगलबार बिहानसम्म ९ बजेसम्म यथावत थिए । सो पेज सन् २०१६ देखि सक्रिय थिएन । यसअघि जिप्रका गोरखामा कार्यरतमध्य कसैले खोलेको सो पेजको पासवर्डसमेत कसैसँग थिएन् । कसले खोलेको भन्ने पत्तो पनि लागेन ।

फेसबुक पेजमा एक्कासी अश्लील तस्बिर पोस्ट भएपछि प्रहरीलाई तनाब भएको थियो ।  ‘पेजमा यस्तो देखिएपछि धेरै तनाब भयो । रातभरि सुत्न पनि पाइएन’, एसपी रावलले भने, विभिन्न ठाउँबाट फोन आए।’ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.