आयोजक मकवानपुर सहिद स्मृति फुटबलको फाइनलमा

आयोजक मकवानपुर सहिद स्मृति फुटबलको फाइनलमा

हेटौंडा : आयोजक मकवानपुर ११ सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। हेटौंडा– १० स्थित वन विज्ञान मैदानमा बुधबार भएको खेलमा नेपाल पुलिस क्लबलाई १–० गोलले हराउँदै मकवानपुर उपाधि नजिक पुगेको हो।

मकवानपुरका रेजिन सुब्बाले खेलको ७८औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो। सुब्बा आयोजकलाई फाइनलमा प्रवेश गराउँदै खेलको म्यान अफ दी म्याचसमेत भए। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे।

खेलको पहिलो हाफमा पुलिसले गोल गर्ने केही राम्रा अवसर पाए पनि सदुपयोग गर्न सकेन। मकवानपुरका गोलरक्षक तथा कप्तान अशोक बरालले खेलभर पुलिसका आधा दर्जनभन्दा बढी प्रहार बचाएका थिए।

खेलपछि मकवानपुरका प्रशिक्षक विजयलाल श्रेष्ठले पुलिस क्लबविरुद्ध बनाएको रणनीति सफल भएको बताए। ‘हामीले बनाएको रणनीति सफल भयो। उनले भने ‘अझ बढी गोल अपेक्षा गरिए पनि एक गोलमै चित्त बुझाउनुप¥यो।’ कप्तान अशोक बरालले टोलीको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए। ‘प्रतियोगिताको उपाधि जितेर घरेलु समर्थकलाई उपाहार दिने लक्ष्य छ’ उनले भने।

नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापाले राम्रो अवसरको सदुपयोग गर्न नसक्दा हार बेहोर्नु परेको बताए। नयाँ र पुराना खेलाडी सेट हुन नसक्दा गोल गर्न नसकिएको बताए।

प्रतियोगिताअन्तर्गत बिहीबार थ्रीस्टार र क्यामरुनी टोली दाउफिन्सबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताका विजेताले आठ लाख र उपविजेताले चार लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.