बाजुरामा पहिलो पटक महोत्सव हुँदै

बाजुरामा पहिलो पटक महोत्सव हुँदै

बाजुरा : बाजुरा जिल्लामा पहिलो पटक महोत्सवको आयोजना गरिने भएको छ। बाजुराको पर्यटन, स्थानीय उत्पादन, जडिबुटी कृषि प्रर्बदन र जिल्लाको विकासका लागि महोत्सवको आयोजन गर्न लागिएको हो।

महोत्सवले स्थानीय उत्पादनलाई उपभोक्ता सामु पहिचान गराउनुका साथै जिल्लालगायत राष्ट्रिय उत्पादनको उपभोक्तामा उत्प्रेरणा जागृत गर्ने, पर्यटन लोपोन्मुख लोक संस्कृतिलाई जर्गेना गरी पर्यटनको प्रचुर सम्भावना बोकेको बाजुरा जिल्लाको धार्मिक, ऐतिहासिक एवंम पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी पर्यटक प्रवर्द्धनमा मद्दत गर्नुका साथै जिल्लाको समग्र विकासमा सक्दो सहयोग पुग्ने बताइएको छ। 

जिल्लाका ९ वटा स्थानीय तहमा उत्पादित दैनिक उपभोग्य खाद्यान्न, तरकारी एवम् घरेलु उद्योगबाट उत्पादित वस्तुको विकास र प्रवद्र्धनमा सहयोग पुग्ने आयोजकको भनाई छ। प्रदर्शनीबाट सरकारको ध्यान केन्द्रित गराई यस क्षेत्रलाई औद्योगिक, व्यापारिक, कृषि तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, कृषि क्षेत्र र जडिबुटी पेशालाई व्यवसायिक रुपमा उन्मुख गराउन सहयोग गर्ने।

उत्पादक र उपभोक्ता बीच प्रत्यक्ष अन्तरक्रिया गराई सकारात्मक सम्बन्ध विस्तार गराउने। जिल्लमा लोप हुन लागेका स्थानीय कला, साहित्य तथा लोक संस्कृतिको जगेर्ना तथा प्रबद्र्धनमा सहयोग पुर्‍याउनेछ।

महोत्सवभर शिक्षा, स्वास्थ्य तथा विकास निर्माणका क्षेत्रमा भएका गतिविधि बारे जानकारी दिने, बडिमालिका, बुढीनन्दा, नाटेश्वरी, छेडेदह, कालाजग्रा, बयाल्चाकी, बार्जुकोट दरबार, पोरखे गढी दरबारलगायतका अन्य पर्यटन गन्तव्यस्थलका रुपमा स्थापित गरी रोजगारीका अवसरहरु सृजना गर्ने, बजार अनुसन्धान एवम् नयाँ वस्तु विकास गर्ने अवसर श्रृजना गर्ने, उत्पादन र प्रविधिको क्षेत्रमा भएका नयाँ उपलब्धि जनसमक्ष ल्याउने,निकासी योग्य वस्तुको पहिचान र प्रवद्र्धनमा सहयोग पुर्‍याउने उद्देश्य रहेको बाजुरा उद्योग बाणीज्य संघका अध्यक्ष देबबहादुर रोकायाले जानकारी दिए।

२०७६ बैशाख २० गते देखि २६ गते सम्म साता व्यापीरुपमा संचालन हुने महोत्सवको नारा 'कृषि,जडिबुटी,उद्योग,पर्यटन र व्यापार समृद्ध बाजुराका लागि विकासको आधारु रहेको छ।

महोत्सवका आकर्षण

साता व्यापीरुपमा संचालन हुने महोत्सवमा कृर्षि प्रदर्शनी, साना तथा घरेलु उत्पादनको प्रद्धर्शनी तथा विक्री वितरण, विविध साँस्कृतिक, भेषभुषा, संस्कृति तथा रहनसहनका सामग्रीको प्रदर्शनी, पर्यटन प्रवद्र्घनसम्बन्धी विविध कार्यक्रमको आयोजना  गरिनेछन्। 

यस्तै स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय औद्योगिक वस्तुहरुको प्रदर्शनी तथा बिक्री, हस्तकलाको प्रदर्शनी तथा बिक्री वितरण, राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारबाट दैनिक साँस्कृतिक प्रस्तूति, जडिबुटीको प्रदर्शनी, बिक्री तथा जानकारी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स वस्तुको प्रदर्शनी तथा बिक्री,सूचना प्रविधिसम्बन्धी जानकारी र रमाइलो मेलाले थप आकर्षण बढाउनेछन्।

महोत्सव तयारीका लागि मुल आयोजक समितिदेखि विभिन्न उपसमितिहरु समेत बनाई महोत्सवको तयारीको काम अगाडी बढीसकेको आयोजकले जानकारी दिएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.