आन्दोलन फिर्ता नलिए डाक्टरलाई कारबाही गर्ने सरकारको चेतावनी
काठमाडौं : सरकारले समायोजनमा असन्तुष्टि जनाउँदै आकस्मिक स्वास्थ्य सेवा बाहेकका सेवा बहिष्कार गर्दै आएका सरकारी चिकित्सकलाई आन्दोलन फिर्ता लिन अपिल गरेको छ। स्वास्थ्य सेवा पाउने नागरिकरको अधिकारलाई कुण्ठित गरेकोले उल्लेख गर्दै आन्दोलन जारी राखे कारबाही गर्ने चेतावनी समेत दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव जनार्दन गुरागाईंले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलन फिर्ता गर्न अपिल गरेका हुन। सरकारी चिकित्सक संघ ( गोदान)को आव्हानमा चिकित्सकहरु शुक्रवारदेखि आकस्मिक सेवा बाहेकका सेवा बहिष्कार गर्दै आन्दोलनमा उत्रिएका छन।
आन्दोलन फिर्ता लिन गरिएको अपिललाई बेवास्ता गरी आन्दोलन जारी राखेमा आवश्यक सेवा संचालन ऐन, ०१४ र प्रचलित कानुनको अधिनमा रही कारबाही प्रक्रिया अघि बढाइने विज्ञप्तिमा उल्लेख छ। यसबाट चिकित्सकहरूलाई पर्न जाने असरको जिम्मेवारी आन्दोलनकर्ता चिकित्सकहरु नै हुने जनाइएको छ।हेर्नुस् विज्ञप्तिः
प्रतिक्रिया दिनुहोस !
३