फेवातालको माटो झिक्‍ने जिम्मा निजी कम्पनीलाई

फेवातालको माटो झिक्‍ने जिम्मा निजी कम्पनीलाई

पोखरा : पोखरा महानगरले फेवातालको मुहान क्षेत्रमा थुप्रिएको माटो झिक्न सुरु गरेको छ। पछिल्लो ६ वर्षयता ताल पुरिएर बनेको १ सय ६२ रोपनी क्षेत्रफलको माटो झिक्न महानगरले निजी कम्पनी रिच पोखरा कन्स्ट्रक्सनलाई जिम्मा दिएको हो। ताल पुरिएको स्थानमा १ लाख ६५ हजार घनमीटर माटो रहेको पोखरा महानगरका इन्जिनियर महेन्द्र गोदारले जानकारी दिएका छन्।

तालमा पानीको मुख्य स्रोत हर्पन खोलाले मुहान क्षेत्रको जलाधार क्षेत्रबाट प्रत्येक वर्ष माटो, बालुवा, गेग्र्यान थुपार्दा ताल साँघुरिदै गएकाले महानगरले तालको माटो झिक्न सुरु गरेको हो। कम्पनीले आइतबारदेखि तालको माटो झिक्न सुरु गरेको हो। तीन वटा एक्साभेटर, एउटा जेसीबी र १० वटा टिपर प्रयोग गरी माटो झिक्न सुरु गरिएको कन्स्ट्रक्सनका अध्यक्ष पोषणबहादुर थापाले जानकारी दिए। जमीन दलदल भएकाले माटो झिक्न त्यती सजिलो नभएको थापाले बताए।

सन् १९९२ को अध्ययनअनुसार हर्पन खोलाले वर्षेनी फेवातालमा करिब १ लाख ४२ हजार मेट्रिक टन गेग्र्यान र माटो मिसाउने गरेको छ। सन् १९५७ मा करिव २२ हजार रोपनी क्षेत्रफलमा फैलिएको फेवाताल पछिल्लो समय ९ हजार ९ सय ५५ रोपनीभन्दा क्षेत्रफलमा खुम्चीएको छ।

पोखरा महानगरले यसअघि गैहको चौतारा नजिक खहरे खोलाले ताल पुरेर बनेको आइल्याण्डको माटो झिकेको थियो। माटो झिकेको ठाउँ पहिलेको अवस्थामा अझै पुगेको छैन्। फिर्के खोला हुँदै गाईघाटस्थित तालपुरेको स्थानबाट माटो र प्लाष्टिक जन्य फोहोर महानगरले निकाले पनि मुहानबाटै फोहोर रोक्न नसक्दा ताल झन् दुगन्धित र फोहोर देखिएको छ।

७ वर्ष अघि फेवातालको मुहानबाट माटो निकाल्न एक्साभेटरले जमेको माटो चलाउँदा झन छिटो ताल पुरिएको हर्पन फेवा मत्स्य सहकारीका अध्यक्ष ज्ञानबहादुर जलारीले बताए। तालबाट माटो झिक्दा सावधानी अपनाउनु पर्ने उनको भनाइ छ।

तालबाट माटो निकाल्ना साथ टिपरमा राखेर लग्नु पर्ने उनको सुझाव छ। फेवाताल हेर्दा हेर्दै आधाभन्दा बढि पुरिएको उनले सुनाए। ‘तालबाट माटो झिके पनि पुरानै अवस्थामा पुर्‍याउन सक्ने अवस्था छैन। दुई चार हात बढ्ने मात्र हो’, फेवातालमा माछा मारेर जीवन निर्वाह गर्दै आएका एक जलारीले भने, ‘पहिले र र अहिले फेवातालको अवस्था हेर्दा मन भकानीएर आउँछ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.