कांग्रेस नेता पाैडेलकाे गुनासाे : महामन्त्रीज्यू न्याय दिलाइदिनोस् !
पोखरा : नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले न्याय भए पार्टीभित्र एकता हुने बताएका छन् ।
कांग्रेसको देशभरका जिल्ला कोषाध्यक्षहरुको बिहीबार पोखरामा सुरु भेलामा उनले उक्त विचार व्यक्त गरेका हुन् । पौडेलअघि बोल्दै महामन्त्री शशांक कोइरालाले पार्टीभित्रको एकताका लागि आफू जे गर्न पनि तयार रहेको बताएका थिए ।
‘महामन्त्रीज्यूले पार्टी केन्द्रीय कार्यालयमा बसेर व्यवस्थापन मिलाइदिनोस्, न्याय दिलाइदिनोस्’, वरिष्ठ नेता पौडेलले भने, ‘कसकसलाई अन्याय भएको छ उसलाई न्याय दिलाइदिनोस् ।’ नेता पौडेलले भने । पौडेलले कम्युनिस्ट सरकारको पनि आलोचना गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !