खानेपानीमन्त्री मगरलाई छैन क्यान्सर

खानेपानीमन्त्री मगरलाई छैन क्यान्सर

भक्तपुर : खानेपानीमन्त्री बीना मगरको स्वास्थ्य अवस्था सामान्य रहेको छ। गएको माघ १३ गते क्यान्सरसम्बन्धी सम्पूर्ण जाँच गराएकी उनलाई क्यान्सरसम्बन्धी कुनै लक्षण नदेखिएको हो।

दुई महिनाअघि गराइएको जाँचको रिपोर्टसहित बिहीबार पुनः फलो अपको लागि अस्पताल पुगेकी उनी स्वस्थ रहेको अस्पतालका मेडिकल डाइरेक्टर प्रा.डा. ऋषिकेशनारायण श्रेष्ठले जानकारी दिए।

‘उहाँ (मन्त्री बीना मगर) फलो अपको लागि बिहीबार अस्पताल पुग्नुभएको हो’, उनले भने, ‘उहाँको सम्पूर्ण रिपोर्ट नर्मल छ। क्यान्सरसम्बन्धी कुनै लक्षण देखिएन।’

दुई महिनाअघि नियमित स्वास्थ्य जाँच गरेकी अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. सृष्टि श्रेष्ठले नै बिहीबार मन्त्री मगरको स्वास्थ्य जाँच गरेकी थिइन्। त्यसबेला मन्त्री मगरले नियमित स्वास्थ्य जाँचसँगै पाठेघर र स्तनको समेत परीक्षण गराएकी थिइन्। नियमित स्वास्थ्य जाँचको लागि रगत लिइएको थियो। त्यस्तै अल्ट्रासाउन्डसमेत गरिएको थियो।

‘खानेपानी मन्त्रीज्यू सम्पूर्ण रिपोर्ट राम्रो छ’, स्त्रीरोग विशेषज्ञ डा. श्रेष्ठले भनिन्, ‘उहाँले जस्तै सबैले बेलो बेलामा आफ्नो नियमित स्वास्थ्य जाँच गराउनुपर्छ। जसले रोग हुन लागे नलागेको सुरुमै थाहा हुन्छ र उपचारबाटै निको गर्न सकिन्छ।’

चिकित्सकहरुले सबै रिपोर्ट राम्रो भएको र स्वास्थ्य अवस्था सामान्य भएको जानकारी दिएपछि मन्त्री मगरको अनुहार चम्किलो देखिएको छ।

मन्त्री मगरले धेरै पहिल्यै रिपोर्ट आए पनि फुर्सद नपाउँदा फलो अपमा आउन नसकिएको प्रतिक्रिया दिइन्। उनले भक्तपुर क्यान्सर अस्पतालको सेवाबाट आफू प्रभावित भएको सुनाइन्।

उक्त अवसरमा मन्त्री मगरले अस्पतालको खानेपानीको लागि हुने डीप बोरिङ क्षेत्रको अवलोकनसमेत गरेकी थिइन्।

अघिल्लोपटक अस्पताल पुग्दा उनले अस्पतालले भोग्दै आएको खानेपानी समस्या समाधान गरिदिने वचन दिएकी थिइन्। सोही वचनअनुसार मन्त्रालयले अस्पताल परिसरमा डीप बोरिङ गर्ने भएको अस्पतालका मेडिकल डाइरेक्टर प्रो.डा. श्रेष्ठले जानकारी दिए। 

अस्पतालले खानेपानीको लागि मासिक दुई लाख रुपैयाँ खर्च गर्दै आएको उनको भनाइ थियो। उनका अनुसार डीप बोरिङ गर्न एक हप्ताअघि खानेपानी मन्त्रालयका प्राविधिकहरु आएर ठाउँ छनोट गरेर गएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.