बौद्ध स्तुपामा बुद्धको दुर्लभ अस्तु दर्शनार्थ राखिने

बौद्ध स्तुपामा बुद्धको दुर्लभ अस्तु दर्शनार्थ राखिने

काठमाडौं : बौद्ध स्तुपामा काश्यप बुद्ध र स्वयम्भूनाथको दुर्लभ अस्तु दर्शनार्थ राखिने भएको छ। बौद्ध तथा मेलम्ची घ्याङ गुठीले काश्यप बुद्ध  र स्वयम्भूनाथको दूर्लभ अस्तु एक साथ  अवलोकनार्थ राख्ने भएको हो।

यही जेष्ठ ४ गते पर्ने २५६३ औं बुद्ध जयन्ती अवसरमा उक्त अस्तु दर्शनार्थ राखिने बौद्ध तथा मेलम्ची घ्याङ गुठीले जनाएको छ। घ्याङ गुठीको संयोजकत्वमा बुद्ध जयन्ती ‘मुल समारोह समिति’ गठन गरिएको र बुद्ध जयन्तीको अवसरमा दुर्लभ अस्तु दर्शन तथा अवलोकनार्थ राखिने प्रेस विज्ञप्ती मार्फत जनाकारी गराइएको हाे।

बुद्ध जयन्तीको अवसरमा बौद्ध स्तुपाका प्रमुख संरक्षक परमपुज्य औतारी धर्म गुरु रेम्पोर्छे (चिनिया लामा)द्वारा विश्वभरका बौद्ध धर्म गुरुहरुलाई ऐतिहासिक झ्याङतेर उत्तर खण्ड धर्म पुस्तक (बौद्ध धर्म सम्बन्धी पौराणिक पुस्तक)  समेत प्रदान गन गरिने बौद्ध तथा मेलम्ची घ्याङ गुठीले जनाएको छ। बुद्ध जयन्तीको अवसरमा घ्याङ गुठीमा रहेको पौराणिक बुद्धको मूर्ति बौद्ध स्तुपाबाट बौद्ध  पिपलबोट हुँदै चाबहिलको स्तुपासम्म विशेष धार्मिक बाजा, झाँकी र र्‍यालीसहित रथारोहन गरिने पनि बताइएको छ।

गुठीका प्रबन्धक नवीन बज्र लामाद्वारा हस्ताक्षरित विज्ञप्तीमा पाँचौ शताब्दीमा निर्मित बौद्ध स्तुपामा परम्परादेखि नै बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख संरक्षक चिनिया लामा द्वारा स्तुपाको नियमित पुजापाठ, सांस्कृतिक पर्व तथा बुद्ध जयन्ती जस्ता समारोह सञ्चालन गर्ने परम्परा अनुसार बौद्ध मेलम्ची घ्याङ गुठीको संयोजनमा मुल समारोह समिति गठन गरिएको उल्लेख गरिएको छ।

घ्याङ गुठीको संयोजनमा गठित मुल समारोह समितिले बुद्ध जयन्तीमा धर्म सन्देश विचार गोष्ठीको समेत आयोजना गरेको छ। विश्वको एक मात्र चिन्तामणी, विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध स्तुपा विश्वभरका बौद्ध मार्गीको आस्थाको केन्द्रको रुपमा रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.