धोनीबिनाको चेन्नई आफ्नै मैदानमा निरीह, मालिंगाको घातक बलिङ

धोनीबिनाको चेन्नई आफ्नै मैदानमा निरीह, मालिंगाको घातक बलिङ

काठमाडौं : इन्डियन प्रिमियर लिग(आईपीएल) को शुक्रबार रातिको खेलमा शीर्ष स्थानमा रहेको चेन्नई सुपर किंग्सले मुम्बई इन्डियनसँग लजास्पद हार व्यहोरेको छ । महेन्द्रसिंह धोनीको टोली चेन्नई रोहित शर्माको कप्तानीमा रहेको मुम्बईसँग ४६ रनले पराजित भएको हो। 

नियमित कप्तान धोनीबिनै घरेलु मैदानमा खेलेको चेन्नईले टस जितेर फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १५५ रन बनायो । १५६ रनको लक्ष्य पछ्याएको चेन्नईले १७.४ ओभरमा १०९ रन बनाउँदा सबै विकेट गुमाई पराजित भयो। 

स्वास्थ्य समस्याका कारण धोनीले आराम लिएपछि सुरेश रैनाको कप्तानीमा मैदान उत्रिएको चेन्नईले बलिङतर्फ उकृष्ट प्रदर्शन गरी मुम्बईलाई मध्यम स्कोर मै रोकेको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले ६७ रन बनाए । वेस्ट इन्डिजका इभिन लेविजले ३२ र हार्दिक पाण्डेयले २३ रनको योगदान गरे ओपनर क्वीन्टन डीकोक ९ बलमा १५ रन बनाएर आउट भएका थिए। 

तेस्रो ओभरमै पहिलो विकेट गुमाए पनि रोहित र लेविजले उत्कृष्ट साझेदारी गरी राम्रो अवस्थामा पु¥याएका थिए। न्युजिल्याण्डका स्पीनर मिचेल सान्टनरले घातक बलिङ गरेपछि मुम्बई सस्तैमा समेटियो सान्टनरले ४ ओभरमा जम्मा १३  रन दिएर २ विकेट लिए। 

१५६ रनको सामान्य लक्ष्य पाएको चेन्नईले पावर प्ले मै महत्वपूर्ण तीन विकेट गुमाइसकेको थियो । पहिलो ओभरमा शेन वाट्सन ८ रन बनाएर आउट हुँदा,  चौथो ओभरमो पहिलो बलमा कप्तान सुरेश रैना २ रनमा आउट भए । ५औं ओभरमा अम्बाती शून्य रनमै आउट भएपछि चेन्नई दबाबमा आएको थियो।

१० औं ओभरमा ६० रन मात्रै बनाउँदा चेन्नईको ५ विकेट गुमिसकेको थियो । चेन्नईको इनिङ धरासायी बनाउने क्रममा  श्रीलंकाका फास्ट बलर लासिथ मालिंगाले मात्रै ४ विकेट लिए । चेन्नईका लागि मुरली विजयी ३८ रन बनाए । बलिङमा उत्कृष्ट प्रदर्शन गरेका मिचेल सान्टनर २२ र ब्राभोले २० रन बनाए अन्यले भने दोहोर अंकको स्को बनाउन सकेनन्।

हारपछि पनि १२ खेलबाट १६ अंकसहित शीर्ष स्थानमा कायम रहेको चेन्नईले प्लेअफमा स्थान बनाईसकेको छ । ११ खेल खेल्दा १४ अंक बनाएको मुम्बई दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट समान अंक भएपनि नेट रनरेटमा पछि परेको दिल्ली तेस्रो स्थानमा छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.