वेवारिसे शव भेटियो
बिर्तामोड : झापाको मेचीनगर स्थित बसपार्कमा एक व्यक्ति मृत फेला परेका छन्। शनिबार मेचीनगर नगरपालिका-६ स्थित बसपार्कमा रहेको निर्माणधिन चर्पीको सिंढीमा पहिचान नखुलेका करिब ४० वर्षका जस्ता देखिने एक पुरुष मृत फेला परेका हुन्।
हेर्दा मंगोलिनय जस्ता देखिने ती पुरुषको शव शनिबार पोस्ट्माटम गरी अञ्चल अस्पताल भद्रपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए।उनको पहिचान गर्ने काम भइरहेको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !