नेपालमा पहिलो पटक बर्डफ्लुबाट युवकको मृत्यु

नेपालमा पहिलो पटक बर्डफ्लुबाट युवकको मृत्यु

 काठमाडौं : नेपालमा पहिलो पटक बर्डफ्लु (एच 5 एन1) बाट मानिसको ज्यान गएको छ।स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलनमा २१ वर्षीय युवकको बर्डफ्लुबाट मृत्यु भएको जानकारी दिएको छ।मानिसमा संक्रमण भएको यो पहिलो घटना हो।

ज्वोरी र खोकीको लक्षणसहित बिरामी भएका ती युवकको बर्डफ्लु (एच 5 एन1) को संकम्रणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. पुष्पा चौधरीले जानकारी दिइन्।

डा.चौधरीका अनुसार उक्त विरामीको उपचारका क्रममा स्वास प्रश्वासमा समस्या भइ चैत्र १५ गते मृत्यु भएको हो।

ती युवकको घाँटीको र्‍याल परीक्षण गर्दा नेपालमा भाइरसको प्रकार एकिन गर्न नसकेपछि नमुना परीक्षणका लागि जापान पठाइएको थियो।परीक्षणमा इन्फ्लुन्जा (एच 5 एन1) को संक्रमण भएको नतिजा वैशाख १७ गते प्राप्त भएको थियो।

यो घटनापछि मन्त्रालयले विश्व स्वास्थ्य संगठनलगायत विभिन निकायमा विवरण पठाउँदैछ। एच 5 एन 1 को संकम्रमण फैलिन नदिन निगरानीलाई सतर्कता बनाइने र संक्रमणको सम्बन्धमा विस्तृत अध्ययन गरिने स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले जानकारी दिइन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार इन्फ्लुन्जा विरुद्धको ‌औषधि सेवन गरिरहेको बेला ती युवकको स्वास-प्रश्वासमा समस्या भइ मृत्यु भएको हो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.