लागुऔषधसहित पक्राउ
बिर्तामोड : झापाको कमल गाउँपालिका- २ सुकुम्वासी टोलबाट प्रहरीले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही स्थानका ३० वर्षिय संजीव राई रहेका छन्।
राईलाई प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरी टोलीले बिहीबार राति ७ बजेतिर चेकजाँच गर्ने क्रममा लुकाई राखेको लागुऔषध डाइजेपाम ८ पिस, लुपिजेसिक ७ पिस, फेनारागन ८ पिससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय दमकमा राखि थप अनुसन्धा भरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !