मेची पुल जोड्न विवाद

मेची पुल जोड्न विवाद

बिर्तामोड : झापाको भद्रपुरस्थित मेची पुलको भारततर्फको भागमा पश्चिम बंगाल र विहार राज्यबीच सडक निर्माण बिबाद सुरु भएको छ। विहारले पश्चिम बंगाल छोएर ग्राभेल सडक मेची पुलसम्म बनाउन खोज्दा पश्चिम बंगाल पक्ष विरोधमा उत्रिएपछि पुल जोड्ने सडक निर्माणमा बिबाद चुलिएको हो। यो बिबादमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) पनि मुछिएको छ।

हिउँदमा पुल पारी भारत तर्फको भागमा सवारीसाधन जसोतसो चले पनि बर्खा लागेपछि आवतजावत ठप्प हुने भन्दै सडक बनाउन विहार गलगलियाका जनप्रतिनिधि, स्थानीय र व्यापारी लागी परेका थिए। किशनगञ्ज जिल्ला भातगाउँ ग्राम पञ्चायतले करिब ७ लाख आन्तरिक बजेट निकासा गरी मेची पुल जोड्न बालुवा र माटोसहितको ग्राभेल बाटो बनाउन शुरु गरेपछि बिबाद सुरु भएको हो।

बंगालको व्यापार, व्यवयासमा असर पर्न भएकाले बंगाल पक्षले सडक बनाउन अवरोध गरेका हुन्। पश्चिम बंगालको भू–भाग भएर विहारले सडक जोड्न खोज्दा बंगालका केहि स्थानीय र व्यापारी विरोधमा उत्रिएका हुन्। बिरोधपछि विहारबाटै घुमाएर नेपाली सीमा क्षेत्रसम्म सडक ल्याइए पनि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले निर्माण कार्य रोकेको छ।

सडकमा पानी कटाउन ह्युम पाइप राख्न एसएसबीले नदिएपछि सडक मेची पुलसम्म जोडिन पाएको छैन। पाईप राख्न नदिएपछि मेची पुलदेखि विहार पक्षले बनाएको सडक बीच ५० मिटर क्षेत्र खाली छ। खाली क्षेत्रमा ह्युम पाइप राखेर जोडेपछि मात्र ग्राभेल सडकले पुर्णता पाउने छ। सीमा क्षेत्रको पिलर नजिकै ह्युम पाइप राख्न नपाइने भन्दै भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले रोकेको हो।

यस विषयमा भारत र नेपाल दुवै देशका जनप्रतिनिधिले छलफल गरी बाटोलाई निकास दिन पहल गरेका छन्। तर एसएसबीले नमानेपछि यो समस्या समाधान हुन सकेको छैन। पुलको भारत तर्फको भागमा बिबाद भएकाले मेची पुल सञ्चालनमा आउन समय लाग्ने देखिएको छ। सडक निकास नभई प्रधानमन्त्री केपी ओलीले पुल उद्घाटन गरेको भन्दै उनकै गृह जिल्लामा आलोचना पनि सुरु भएको छ। नौ वर्षमा ३५ करोड ९५ लाख रुपैयाँको लागतमा नेपालले निर्माण सम्पन्न गरी तीन महिनाअघि प्रधानमन्त्री ओलीले पुल उद्घाटन गरेका थिए।

मेची पुल हुँदै नेपालतर्फ ठुला सवारीसाधन सञ्चालन गर्न भारतको विहार राज्यले ग्राभेल सडक बनाउने काम एसएसबीले रोके पनि बगरको बाटो हुँदै हलुका चारपांग्रे, तीनपांग्रे, दुईपांग्रे र पैदलयात्री केहि समयदेखि आवतजातव गरिरहेका थिए। तर बगरको बाटो पनि विहिबार र शुक्रबार रातीको वर्षापछि आएको बाढीले बगाएपछि साना सवारी पनि ठप्प भएको छ। गाडी कुद्ने मेची नदीको बगरमा पानी जमेकाले पैदलयात्रीलाई पनि समस्या भएको स्थानीय मोहित शर्माले बताए।

भारततर्फ सडक र बगर भत्किएपछि हुलका सवारीसाधन भारत जान फेरि काकँडभिट्टाको मेची पुल प्रयोग गर्न बाध्य भएका छन्। मेची पुल बनेपछि भद्रपुरमा हलुका सवारीसाधनको चाप बढेको थियो। दैनिक एक सयदेखि डेढ सयसम्म भारतीय र नेपाली नम्बर प्लेटको सवारीसाधन मेची पुल प्रयोग गरी आवतजावत गर्दै आएका थिए। ‘मेची पुल त बन्यो तर स्थानीयको दुःख टरेको छैन’, स्थानीय विक्रम सहनीले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.