समुद्रको पिँधमा मिठाइका खाली डब्बा
एजेन्सी : मिठाइ सबैलाई कति मन पर्छ, समुद्रको पिँधले प्रमाणित गरिदिएको छ। अचम्म लाग्ला तर अमेरिकी खोजकर्ता विक्टर वेस्कोवो पहिलोपल्ट समुद्रको पिँधमा पुगे। ११ किलोमिटर गहिरोमा। तर त्यहाँ उनले भेटे मिठाइको खाली डिब्बा।
कुरा हो प्रशान्त महासागरको मरियाना ट्रेन्चको गहिराइमा उत्रिए। यो पृथ्वीको सर्वाधिक गहिरो ठाउँ हो। समुद्री जीवजन्तुबाहेक उनले त्यहाँ पनि मिठाइका डिब्बा र प्लास्टिकका झोला भेटे। उनले त्यहाँ करिब ४ घण्टा बिताए।
उनको टोली ५ पल्ट समुद्रको पिँधमा गयो। पनडुब्बी र मोटरसिपको सहायताले। टोली तीव्र लहर आइरहँदा पिँधमा पुगेको थियो। यसअघि सन् १९६० मा अमेरिकी जलसेनाका लेफ्टिनेन्ट डन वाल्स र स्विट्जरल्यान्डका इन्जिनियर ज्याक्स पिकार्ड ट्रे्न्चमा उत्रिएका थिए। तर उनीहरू करिब १० किलोमिटरसम्म मात्र पुगेका थिए। त्यसैले उनीहरूले मिठाइका डिब्बा र प्लास्टिकका झोला भेटेनन्।
समुद्री पिँधमा प्लास्टिक थुप्रिनुको कारण यस्तो छ। भनिन्छ अमेरिकाले कैयौं दशकसम्म चीनलाई फोहोर प्लास्टिक सस्तोमा निर्यात गरेको थियो। क्यानडाले पनि आफ्नो फोहोर ल्याएर फिलिपिन्सको मनिला बन्दरगाहमा फ्याँक्छ। यीलगायत धनी देशले अत्यधिक प्लास्टिकजन्य फोहोर उत्पादन गर्छन् तर रिसाइक्लिङ गर्दैनन् र समुद्रमा डम्प गर्छन्।
विश्वभरि बर्सेनि करिब ३० करोड टन प्लास्टिकजन्य फोहोर उत्पादन हुन्छ। अनुसन्धानकर्ताहरू भन्छन् सबै महासागरमा १० करोड टन प्लास्टिक थुप्रिन्छ। त्यसको पनि १० प्रतिशत प्लास्टिक १० नदीले ओसार्छन्। ती नदीमध्ये एसियाका धेरै छन्। भारतका गंगा र सिन्धु पनि धेरै प्लास्टिक समुद्रमा थुपार्नेमध्ये पर्छन्।