‘बिमामा प्याकेज नबनाऔँ ’

‘बिमामा प्याकेज नबनाऔँ ’

काठमाडौं : अर्थमन्त्री डा.युवराज खतिवडाले बिमा कम्पनीहरूले एउटै बिमा लेखमा धेरै विषय समावेस गरी ‘प्याकेज’ बनाउने गरेको बिमितले गुनासो गरेको बताएका छन्। यसले गर्दा बिमितलाई अनावश्यक आर्थिक भार पर्न गएको भन्दै मन्त्री खतिवडाले यसमा पुनर्विचार गर्न बिमा समितिलाई आग्रह गरेका छन्।

बिमा कम्पनीले व्यावसायिक घरको बिमा गराउँदा भूकम्पको बिमालगायत बिमा योजना समाबेस गर्दै आएका छन्। जीवन बिमामा पनि यसरी नै एउटा बिमा गर्दा अन्य योजना पनि समाबेस गर्ने प्रचलन छ।

बिमा समितिको ५१औं वार्षिक उत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले भने, ‘बिमितलाई अहिले एउटा पुस्तक किन्दा ६ वटै लैजाउ भने जस्तै एउटा बिमा लेख खरिद गर्दा त्यसमा बन्डलिङ गरिएको गुनासो आइरहेको छ। यसलाई रोक्नुहोस्।’

अर्थमन्त्री खतिवडाले यसलाई अनावश्यक भनेका छन्। ‘यो विषयमा मन्त्रालय बिमित र बिमक दुवैका कुरा सुन्न तयार छ’, मन्त्री खतिवडाले भने, ‘त्यसैले अबका दिनमा यसरी ‘बन्डलिङ र इन्सुरेन्स’ को प्याकेजिङ वा ‘इन्सुरेन्स–इन्सुरन्स’ बिचकै प्याकेजिङ नगरिदिनु होला। त्यसको निगरानी हुन्छ।’ कार्यक्रममा खतिवडाले समग्ररूपमा देशको आर्थिक वृद्धि भइरहेका बेला बिमा क्षेत्रमा भएको सकारात्म वृद्धि पनि स्वाभाविक भएको बताएका छन्।

‘हामी यो वर्ष ७ प्रतिशतको उच्च आर्थिक वृद्धि हाँसिल गर्न सफल भएका छौं’, मन्त्री खतिवडाले भने, ‘आगामी वर्ष अझ यो बढ्दै जानेछ। त्यसमा बैंकिङ, फाइनान्स र बिमा क्षेत्रले उल्लेख्य भूमिका निर्वाह गरेको छ।’

खतिवडाका अनुसार यो वर्ष वित्तीय क्षेत्रले उत्साहजन सफलता हासिल गरेको छ। तर, आर्थिक विकासका लागि वित्तीय क्षेत्रमा मात्र वृद्धि भएर हुँदैन। हामीसँग भएको साधान र स्रोतलाई उत्पादनमूलक क्षेत्रमा लगाउनु पर्दछ।’ उनले कम्पनीको विस्तारभन्दा पनि बिमाको गुणात्मक विस्तार आवश्यक रहेको बताए।

उनले व्यवसायीलाई लघुवित्त बिमामा जोड दिन पनि आग्रह गरेका छन्। उनले लघुवित्त क्षेत्रमा भएको लागनी बिमा क्षेत्रका लागि आधार भएको बताए। कार्यक्रममा बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले यो वर्ष बिमा क्षेत्रमा उल्लेख्य प्रगति भएको बताए। उनले यो आर्थिक वर्षको सुरुमा बिमाको पहुँच १० प्रतिशतमा रहेकामा फागुन मसान्तासम्म १८ प्रतिशतमा पुिगसकेको बताएका छन्।

उनले यो वृद्धि आर्थिक वर्षको अत्यसम्म २० प्रतिशतमा पुग्नेसमेत उल्लेख गरे। यो वर्ष बिमा क्षत्रेमा उल्लेख्य वृद्धि भएको छ। चापागार्इंले बिमा क्षेत्रको विकासका लागि सरकाले कृषि बिमामा दिँदै आएको अनुदानलाई निरन्तरता दिनुपर्ने, जीवन बिमामा भएको करको दायरा २० प्रतिशतबाट वृद्धि गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.