नेकपा सचिवालय बैठक बालुवाटारमा

नेकपा सचिवालय बैठक बालुवाटारमा

काठमाडौं : गतवर्ष जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर  नेकपा घोषणा भएको शुक्रबार एक वर्ष पुग्दैछ। तीन महिनामा एकता प्रक्रिया टुंगो लगाउने घोषणा गरेको नेकपाले वर्षदिन पुग्दासम्म पोलिटब्युरो सदस्य चयन र जनसंगठनको एकता गर्न सकेको छैन। 

एकताको एक वर्ष र मदन आश्रित स्मृति दिवसको अवसरमा शुक्रबार विशेष कार्यक्रम गर्ने तयारी गरेको छ। नेकपाले एकता प्रक्रिया टुंगो लगाएको घोषणासमेत सोही कार्यक्रममा गर्ने तयारी गरेको छ। सोही तयारी अनुसार नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी छ। बैठकमा बामदेव गौतम बाहेकका अन्य आठ सचिवालय सदस्य सहभागी छन्। 

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठसँगै नेताहरु ईश्वर पोखरेल र रामबहादुर थापासहभागी छन्। 

नेकपाको जनसंगठनभित्र युवा विद्यार्थी, महिला र मजदुरको विवाद पेचिलो छ। पूर्ववत पार्टीमा कसले नेतृत्व लिने भन्ने विवाद उत्कर्षमा छ। पोलिटब्युरो सदस्यको नाम भने दुई अध्यक्षले तयार पारिकेका छन्। बिहीबारको बैठकले त्यसलाई अनुमोदन गर्ने तयारी गरेको छ। 
 
नेकपामा १४७ सदस्य पोलिटब्युरो बन्ने छ। ८१ पूर्वएमाले र ६६ पूर्वमाओवादीले लिने सहमति छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.