नेकपाले टुंग्यायो जनवर्गीय संगठनको भागबन्डा

नेकपाले टुंग्यायो जनवर्गीय संगठनको भागबन्डा

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जनवर्गीय संगठनको भागबन्डा टुंग्याएको छ। बिहीबार बसेको नेकपाको सचिवालय बैठकले जनवर्गीय संगठनहरूको संयोजक र सहसंयोजक छानेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको बैठकले विद्यार्थीको जिम्मा अनेरास्ववियुका तत्कालीन महासचिव ऐन महरलाई दिने निर्णय गरेको छ। 

यस्तै मजदुर संगठनको जिम्मा जिफन्टका विनोद श्रेष्ठ, युवा संगठनको नेतृत्वमा तत्लीन योङ कम्युनिस्ट लिगका अध्यक्ष रामप्रसाद सापकोटालाई दिने निर्णय भएको छ। महिला संगठनको नेतृत्व अमृता थापामागर, पत्रकारको जिम्मा महेश्वर दाहाललाई र बुद्धिजीवीको जिम्मा डा. दिनेशचन्द्र देवकोटाले पाएका छन्। 

सबै संगठनको जिम्मेवारीसहितको विस्तृत विवरण आउन बाँकी छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.