८ अर्बको विकास ऋणपत्र जारी हुने

८ अर्बको विकास ऋणपत्र जारी हुने

काठमाडौ : राष्ट्र बैंकले ८ अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने भएको छ। विकास ऋणपत्र आइतबार जारी गर्न लागिएको बैंकले जनाएको छ। यो १४ वर्षे अवधिको हुनेछ। १३ गते जारी मिति तोकिएको ऋणपत्रको परिपक्व २०९० जेठ १३ गते हुनेछ।

ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले खरिद गर्न सक्नेछन्। खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर बैंक तथा फाइनान्स कम्पनीबाट कर्जा लिन र दिनसमेत पाइन्छ। अर्धवार्षिकरूपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने उक्त ऋणपत्र खरिदका लागि प्रतिस्पर्धी र अप्रतिस्पर्धी समूहभित्र रहेर ऋणपत्र बिक्री गरिएको हो।

प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालार्ई निष्कासित रकमको ६ अर्ब ४० करोड (८० प्रतिशत) र एक ६० करोड (२० प्रतिशत) छुट्याइएको छ। ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्जमार्फत हुनेछ।

यसैबीच राष्ट्र बैंकले जेठ १३ गते ११ अर्ब रुपैयाँ बराबरको टे«जरी बिल जारी गर्ने भएको छ। बैंकले २८ दिने ३ अर्ब २५ करोडको ट्रेजरी बिल जारी गर्दै छ। यस्तै ९१ दिने अवधिको ५ अर्ब २३ करोड ३२ लाख, १ सय ८२ दिने अवधिको ६ अर्ब ४७ करोड र ३ सय ६४ दिने अवधिको ४ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.