मोदीको सपथग्रहणमा कंगना र शाहरुख पनि
नयाँदिल्ली : भारतमा नरेन्द्र मोदी दोस्रो पटक प्रधानमन्त्री पदमा निर्वाचित भएसँगै आफ्नो सपथ ग्रहण समारोहमा विभिन्न क्षेत्रका व्यक्तिलाई पाहुनाको रुपमा निम्त्याएका छन् ।
सो क्रममा उनले केही वलिउडका प्रभावशाली कलाकारहरुलाई पनि निम्तो दिए । यसमध्ये शाहरुख खान र कंगना रनोट समेत मोदीको सपथ ग्रहणमा सहभागी हुने अपेक्षा गरिएको छ ।
मोदीले उनीहरुलाई यसअघि नै निम्तो दिएका थिए । उनीहरुसँगै सञ्जय भन्साली, रजनीकान्त, करण जोहर, विवेक ओवराय लगायत कलाकार उपस्थित हुँदै छन् ।
चुनावका बेला मोदीविरोधी अभियान चलाउँदा उनी केही वलिउडकर्मीसँग रुष्ट थिए भने केही कलाकारसँग राम्रो सम्बन्ध छ । यद्यपि, शाहरुख र कंगना भने मोदीको विपक्षीको रुपमा चिनिन्थे । कंगनाले त सार्वजनिक रुपमै सरकार तथा सत्तापक्षको स्थापित बिचारधारा र सांस्कृतिक मान्यतामाथि कडा आलोचना गर्दैआएकी थिइन् ।
यसपटक मोदीको निम्तोमा उनीहरु सहभागी हुन लागेको विषयलाई भारतीय मिडियाले महत्वका साथ प्रचार गरेका छन् ।