च्याम्पियन्स लिगको फाइनल चलिरहँदा महिला लुगा फालेर मैदानमा दौडिएपछि..(भिडियो)

च्याम्पियन्स लिगको फाइनल चलिरहँदा महिला लुगा फालेर मैदानमा दौडिएपछि..(भिडियो)

एजेन्सी : आइतबार बिहान स्पेनको मड्रिडस्थित मेट्रोपोलिटानो मैदानमा लिभरपुल र टोटनह्यामबीच च्याम्पियन लिगको फाइनल खेल चलिरहेको थियो । करिब २० मिनेटको खेल चलिरहँदा लिभुरपुल १–० ले अघि थियो । त्यसै बेला एक महिला दर्शकको भीडबाड दौडँदै मैदानमा प्रवेश गरिन उनी आफ्ना लुगा फालेर मैदानको बीचतिर दौडिइन । 

सुरक्षार्थ खटिएका व्यक्ति उनको पछिपछि दौडिएर गए । उनलाई समातेर बाहिर ल्याए । एकैछिन रोकिएको खेल पुनः सुचारु भयो । ती महिला को हुन् ? किन उनले त्यसो गरिन ? अन्तराष्ट्रिय सञ्चार माध्यममा आएका खबरअनुसार उनले एक पोर्न वेब साइटको प्रचारका लागि यस्तो हर्कत गरेकी थिइन् ।

किन्सी वलान्स्की नामकी ती महिला Vitaly Uncensored नामको  पोर्न वेब साइटकी सञ्चालक हुन् । उनले यही च्यानलको प्रचारका लागि यस्तो हर्कत गरेकी थिइन् । दी सनकाअनुसार  किन्सी वलान्स्की चर्चित प्रान्क युट्युब च्यालनकी सञ्चालक भिटाली दोरोभस्कीकी साथी हुन् ।

उनीहरू युट्युब च्यानलकासाथै  त्यस पोर्न साइटका पार्टनर हुन् । भिटाली दोरोभस्कीले २०१४ को विश्वकप फाइलनमा यस्तै हर्कत गरेकी थिइन् । त्यसपछि उनलाई  खेल हेर्नका लागि प्रतिबन्ध गरिएको थियो । 

भिडियो 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.