‘विप्लव’ समूहका उपत्यका ब्युरो इन्चार्ज माइला लामा फरार

‘विप्लव’ समूहका उपत्यका ब्युरो इन्चार्ज माइला लामा फरार

काठमाडौं : राजधानीमा बम विस्फोट हुँदा ४ कार्यकर्ताको मृत्यु भएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको उपत्यका ब्युरो इन्चार्ज माइला लामा फरार भएका छन्। नेपाल प्रहरीले लामाको खोजी तीव्र पारेको छ।

प्रहरीले राजधानीबाट विप्लवका ४ कार्यकर्ता पक्राउ गरेको छ। पक्राउ पर्नेमा खोटाङका मोतिधन राई, रोल्पाका भूपेन्द्र घर्ती, मोरङकी विन्दुकुमारी कुइँकेल र रुकुमकी सन्ध्यादेवी पुन छन्। उनीहरूलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिएको हो। खोजीमा रहेका लामासँग उनीहरूको कनेक्सन जोडिएपछि पक्राउ परेका हुन्। राजधानीको नागार्जुन नगरपालिकास्थित डाँडागाउँ निवासी लामा पहिलो संविधानसभा चुनावमा हारेका थिए।

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले विज्ञप्ति जारी गरेका छन्। पार्टीको सूचना पाएको र आर्थिक अपचलन गरेको भन्दै नेकपाको केन्द्रीय कमिटीले उनलाई विज्ञप्ति जारी गर्न रोक लगाएको थियो। विप्लव आफैंले विज्ञप्ति जारी गर्दै आएका थिए।

सत्तापक्षीय नेकपामा विप्लवकै पार्टीका केन्द्रीय नेता पदम राई प्रवेश गरेपछि विश्वकर्माले विज्ञप्ति जारी गरेका हुन्। उनले भनेका छन्, ‘पार्टीको नीति र कार्यक्रमविरुद्ध गएपछि निलम्बनमा परेका पदम राई झन्झन् पार्टीविरुद्ध अन्तरध्वंस र अपराधपूर्ण कार्यमा संलग्न भएकाले पार्टी साधारण सदस्यसमेत नरहने गरि निष्कासन गरिएको छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.