विश्वकपमा ह्याट्रिक गर्ने पहिलो बलर

विश्वकपमा ह्याट्रिक गर्ने पहिलो बलर

एजेन्सी : विश्वकप क्रिकेटको इतिहासमा पहिलो ह्याट्रिक विकेट लिने बलर भारतका चेतन शर्मा हुन्। उनले सन् १९८७ मा भारत र पाकिस्तानमा संयुक्त रूपमा आयोजित चौथो विश्वकपमा ह्याट्रिक गरेका थिए। उनले नागपुरमा खेलिएको न्युजिल्यान्डविरुद्घको खेलमा ह्याट्रिक गरेका हुन्।

ह्याट्रिक गर्ने क्रममा चेतन शर्माले न्युजिल्यान्डका केन रुथरफोर्ड (२६ रन) लाई बोल्ड गरे। त्यसलगत्तै उनले न्युजिल्यान्डका विकेटकिपर ब्याट्सम्यान इयान स्मिथ (शून्य रन) लाई बोल्ड गरे।

त्यसपछि उनले एविन च्याटफिल्ड (शून्य रन) लाई बोल्ड गर्दै आफ्नो ह्याट्रिक पूरा गरेका थिए। १० ओभर बलिङ गरेका शर्माले दुई मेडन राखेर ५१ रन खर्चिएका थिए। सो खेलमा भारत नौ विकेटले विजयी भएको थियो। सो खेलमा भारतका सुनील गावस्कर र शर्मा संयुक्त रूपमा म्यान अफ दी म्याच घोषित भएका थिए। भारतको जितमा गावस्करले पनि अविजित एक सय तीन रनको योगदान गरेका थिए।

उक्त विश्वकपको फाइनलमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई सात रनले हराएको थियो। तीव्रगतिका दायाँहाते बलर शर्माले भारतका लागि एकदिवसीय प्रतियोगितामा ६५ खेल खेल्दै ६७ विकेट लिएका थिए। आफ्नो समयका चर्चित खेलाडी शर्माले एकदिवसीय क्रिकेटमा चार सय ५६ रन पनि बनाएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.