विश्वकप जिताउने ऐतिहासिक दुई कप्तान

विश्वकप जिताउने ऐतिहासिक दुई कप्तान

विश्वकप क्रिकेटको इतिहासमा वेस्ट इन्डिजका क्लाइभ लोयड र अस्ट्रेलियाका रिकी पोन्टिङ उदाहरणीय कप्तान हुन्। यी दुई खेलाडीले मात्र हालसम्म कप्तानको रूपमा आफ्नो देशलाई दुई÷दुई पटक विश्वकपको उपाधि जिताएका छन्। वेस्ट इन्डिजले सन् १९७५ मा पहिलो र सन् १९७९ मा दोस्रो विश्वकपको उपाधि जित्दा लोयड टोलीका कप्तान थिए।

इङ्ल्यान्डमा भएको पहिलो विश्वकपमा लोयडको कप्तानीमा ओर्लिएको वेस्ट इन्डिजले फाइनलमा अस्ट्रेलियालाई १७ रनले हराएको थियो। सन् १९७९ मा इङ्ल्यान्डमै भएको दोस्रो विश्वकपको फाइनलमा वेस्ट इन्डिजले इङ्ल्यान्डलाई ९२ रनले हराएको थियो। त्यतिबेला पनि क्यारेबियन टोलीको कप्तान लोयड नै थिए। सन् १९८३ को तेस्रो विश्वकपमा पनि लोयड नै टोलीका कप्तान थिए। तर, त्यतिबेला वेस्ट इन्डिज फाइनलमा भारतसँग ४३ रनले पराजित भएको थियो।

यसैगरी अस्ट्रेलियाले सन् २००३ र सन् २००७ को विश्वकप जित्दा पोन्टिङले टोलीमा कप्तानको भूमिका निर्वाह गरेका थिए। पोन्टिङको कप्तानीमा सन् २००३ को विश्वकपको फाइनलमा अस्ट्रेलियाले भारतलाई एक सय २५ रनले हराएको थियो। पोन्टिङकै कप्तानीमा रहेको अस्ट्रेलियाले सन् २००७ को विश्वकपको फाइनलमा        श्रीलंकालाई ५३ रनले हराएको थियो। सन् २०११ को विश्वकपमा भने पोन्टिङकै कप्तानीमा रहेको अस्ट्रेलियन टोली क्वार्टरफाइनलमा भारतसँग पाँच विकेटले पराजित भएको थियो।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.