चिनियाँ राष्ट्रपति सिले भेटे ‘बेस्ट फ्रेन्ड’ पुटिनलाई

चिनियाँ राष्ट्रपति सिले भेटे ‘बेस्ट फ्रेन्ड’ पुटिनलाई

मस्को : चिनियाँ राष्ट्रपति सि जिन पिङ तीनदिने भ्रमणको क्रममा यतिबेला रुसमा छन् । उनी बुधबार रुस पुगेर यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरिसकेका छन् ।

यस क्रममा सि र पुटिनबीच दुई देशबीचको कुटनीति तथा आर्थिक सम्बन्धबारे छलफल हुने बताइएको छ । साथै अमेरिकासँग बढ्दो व्यापारिक तनाबलाई दुई देशको सहकार्य मार्फत कसरी समाधान गर्ने भन्नेबारे पनि वार्ता हुने अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

भ्रमणसँगै संयुक्त विज्ञप्तिमार्फत पत्रकारहरुसँग सिले भनेका छन् ‘ मेरो लागि राष्ट्रपति पुटिन प्रिय साथी हुन् । हामीले नयाँ युगसँगै आपसी सहयोग र सम्बन्धलाई थप नयाँ उचाइमा लैजाने निर्णय गरेका छौँ ।’

साथै पुटिनले पनि सहायताका लागि चिनियाँ राष्ट्रपतिलाई धन्यवाद प्रदान गरेका छन् । उनले भनेका छन्, ‘यो रुसमाथि विशेष सम्मान र विशेष विश्वासको संकेत हो ।’
साथै चीनसँगको ‘पान्डा डिप्लोमेसी’को पनि पुटिनले प्रसंशा गरेका थिए । पुटिनले भने, ‘जब हामी पान्डा डिप्लोमेसीको कुरा गर्छौँ, हाम्रो अनुहारमा मुस्कान छाउँछ ।’

दुई देशका प्रमुखहरुले यस क्रममा रणनीतिक सहकार्यबारे संयुक्त वक्तव्यमा हस्ताक्षर गरिसकेका छन् । आर्थिक विकासमा फड्को मार्दै गरेको चीन अमेरिकासँग व्यापारिक सम्बन्ध टाढिँदै गर्दा रुससँग नजिकिँदै गरेको छ । चीन र रुस असल मित्र राष्ट्रको रुपमा पनि चिनिन्छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.