लुटेराको समूह जंगलबाटै पक्राउ

लुटेराको समूह जंगलबाटै पक्राउ

प्यूठान : पैसा लुट्ने लुटेराहरुलाई प्यूठान प्रहरीले प्रक्राउ गरेको छ। बुधबार दिउँसोदेखि पैसा लुटेर फरार ४ जनाको समूहलाई जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकी सहितको टोलीले बिहीबार साँझ ४ बजे जंगलमै प्रक्राउ गरेको हो।

स्वर्गद्धारी नगरपालिका–२ स्थित नयाँगाउँको सूर्योदय लघुवित्तमा कार्यरत एक महिलालाई युवाहरुको समूहले हातपात गरी नगत लुटेको थियो। मामाघर बस्दै आएका रोल्पाका २२ वर्षिय जीवन हमाल, स्वर्गद्धारी नगरपालिका २ का २५ वर्षिय निर्धोजसेन ठकुरी, सोही ठाउँका १७ वर्षिय निरज विक र १७ वर्षकै कुसल सेन प्रक्राउ परेको डिएसपी बुढाथोकीले जानकारी गराए। उनीहरुबाट ३ लाख १२ हजार ५ सय ६० रुपैयाँ बरामद गरिएको उनले बताए। 

‘पैसा खोल्सामा राखेका रहेछन्’,बुढाथोकीले भने,‘बाढ्ने तयारीमा हुँदाहुँदै प्रक्राउ गर्‍यौं।’ पीडित लघुवित्तकी शुसिला केसीले समूहबाट पैसा संकलन गरेर स्वर्गद्धारी खालस्थित शाखा कार्यालयमा लैजाँदै थिइन्। 

पीडितले खबर गरेलगत्तै बुधबारदेखि बाक्लो संख्यामा प्रहरी परिचालन भएको थियो। घटनाको विस्तृत अनुसन्धान भइरहेको डिएसपी बुढाथोकीले जानकारी गराए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.