रातो मच्छिन्द्रनाथको अवलोकनमा कुमारी (फोटो फिचर)

रातो मच्छिन्द्रनाथको अवलोकनमा कुमारी (फोटो फिचर)

काठमाडौं : रातो मच्छिन्द्रनाथको रथ बिहीबार अन्तिम दिन तानिएको छ। रथ ललितपुरको लगनखेलबाट जाउलाखेल लगिएको हो। कुमारीपाटीमा मच्छिन्द्रनाथको रथको पाटनकी कुमारीले अवलोकन गरेकी छन्। रथ जावलाखेलमा राखिएको छ। 

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ बिहीबार कीर्तिपुर, सतुङ्गल, मच्छेगाउँ, पुल्चोक, बलम्बु, थानकोट र पाँगा सात गाउँका मानिस आएर ठटिटोलदेखि इटिटोलको बाटो हुँदै मान भवन, कुमारीपाटी गरी जावलाखेल पुर्याएका हुन् ।    
     

प्रत्येक गाउँबाट १५ देखि २० जनाको टोली धिमेबाजा बजाउँदै आएर करीब १५० देखि २०० जनाको टोलीले रथ तानेको थियो । हरेक वर्ष ठटिटोलबाट जावलाखेलसम्म रथ लान यी सात गाउँका मानिस अनिवार्य उपस्थित हुने चलन बसेको पाटनका स्थानीय सूर्यमान डङ्गोलले जानकारी दिए ।      
तस्बिर : सुनिता डंगोल/प्रणभ खत्री 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.