एप्पलको नयाँ अपरेटिङ सिस्टम

एप्पलको नयाँ अपरेटिङ सिस्टम

काठमाडौं : एप्पलले आफ्नो डेभलपर्स कन्फ्रेन्समा नयाँ आईफोन र आईप्याडका लागि नयाँ अपरेटिङ सिस्टम लन्च गरेको छ। कम्पनीले डब्लूडब्लूडीएस २०१९ मा नयाँ अपरेटिङ सिस्टम आईओएस १३ लन्च गरेको हो। कम्पनीले आईप्याडका लागि भने छुट्टै अपरेटिङ सिस्टम आईप्याडओएस पनि लन्च गरेको छ। म्याकओएस क्याटालिना, म्याक प्रोलाई पनि मोडुलर डिजाइनमा सार्वजनिक गरिएको छ।

नयाँ अपरेटिङ सिस्टम एप्पलको आईफोन सिक्स एस वा त्यो भन्दा नयाँ डिभाइसमा मात्र उपलब्ध हुनेछ। यसको अर्थ अब तपाईँले आईफोन सिक्स तथा त्यो भन्दा पुराना डिभाइसमा नयाँ अपडेट पाउनुहुने छैन। आईओएस १३ भर्जन उपलब्ध हुने सेटमा आईफोन एक्सएस, आईफोन एक्सएस म्याक्स, आईफोन एक्सआर, आईफोन एक्स, आईफोन ८, आईफोन एट प्लस, आईफोन सेभेन, आईफोन सेभेन प्लस, आईफोन सिक्स एस, आईफोन सिक्सएस प्लस, आईफोन एसई र आईपड टच सेभेन्थ जेनेरेसन छन्।

त्यसैगरि आईप्याडका लागि भनेर सार्वजनिक गरिएको आईप्याड ओएस एप्पल आईपयाड एयर २, एयर थर्ड जेनेरेसन, आईप्याड मिनी ५ जेनेरेसन तथा आईप्याड प्रो मोडलका सबै भर्सनमा अपडेट गर्न सकिनेछ। एप्पलको आईओएस १३ भर्सन उपलब्ध हुने डिभाइसमा आईफोन एक्सएस, आईफोन एक्सएस म्याक्स, आईफोन एक्सआर, आईफोन एक्स, आईफोन ८, आईफोन एट प्लस, आईफोन सेभेन, आईफोन सेभेन प्लस, आईफोन सिक्स एस, आईफोन सिक्सएस प्लस, आईफोन एसई र आईपड टच सेभेन्थ जेनेरेसन छन्।

एप्पलकाअनुसार हाल एप्पल डिभाइस प्रयोगकर्तामध्ये ८५ प्रतिशतले पछिल्लो अपरेटिङ सिस्टमको भर्सन प्रयोग गरिरहेका छन्। कम्पनीका सीईओ टिम कुकले अहिलेको नयाँ आईओएस १३ पुराना भर्सनको तुलनामा तीव्र गतिको रहेको उल्लेख गरे। कम्पनीले यसका साथमा डार्क मोडको फिचर पनि दिने भएको छ। डार्क मोडको सुविधा आईफोन र आईप्याड दुवैमा आउनेछ। यसबाहेक कम्पनीले सेकुरिटीलाई सशक्त बनाउन एप्समा एप्पल आईडीद्वारा मात्र साइनइन गर्न सकिनेछ। यसका लागि प्रयोगकर्ताले गुगल वा फेसबुक आईडीको प्रयोग गर्नुपर्नेछ।

लोकेसन सेयरिङका लागि पनि नयाँ प्राइभेसी अप्सन राखिएको छ। यसमा फोटो, म्याप, मेमोजी स्टिकर, सेकुरिटी क्यामरा प्राइभेसी प्रोटेक्सन, सिरी सर्टकट, डार्कमोडलगायत फिचर नयाँ थप गरिएका छन्। एप्पल आईप्याड ओएसमा पनि सुधार गरिएको छ। जसमा डेस्कटप क्लास ब्राउजिङ तथा डाउनलोड म्यानेजर रहेको कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.