दुई मन्त्री र सल्लाहकार समूहसहित प्रधानमन्त्री युरोप यात्रामा

दुई मन्त्री र सल्लाहकार समूहसहित प्रधानमन्त्री युरोप यात्रामा

काठमाडौं : प्रधानमन्त्री केपी ओली ९ दिन लामो युरोप यात्रामा निस्केका छन्। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को कार्यक्रममा सहभागी हुन र बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा प्रवचन दिने एजेन्डासहित जम्बो टोलीको नेतृत्व गर्दै उनी शनिबार साँझ युरोप यात्राका निस्केका हुन।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालको निर्देशनमा परराष्ट्र मन्त्रालयले भ्रमणको चाँजो मिलाएको हो। इन्जिनियरको भूमिका भए पनि रिमाल श्रमिकको नेताको रुपमा दलबाट रजगज गरेका व्यक्ति हुन्। उनैले आईएलको साथै अक्सफोर्डको समेत कार्य जोडेर भ्रमण ओझिलो बनाउन निकै पहिलेदेखि परराष्ट्रलाई दवाव दिँदै आएका अधिकारीहरू बताउँछन्।

प्रधानमन्त्री ओली दुई मन्त्री र सल्लाहकारको टिम, परराष्ट्र मन्त्रालयका र श्रम मन्त्रालयका अधिकारीहरू, सांसद, श्रम अभियान्तासहित युरोप लागेका हुन्।

परराष्ट्र मन्त्रालयको माथिल्लो लेयर नै खाली हुने गरी भ्रमण भएको हो। उनले सोमबार जेनेभामा आयोजना हुने आईएलओको शतवार्षिकी कार्यक्रममा सम्बोधन गरेर त्यहाँबाट सबै भन्दा पुरानो कूटनीतिक सम्बन्ध रहेको मुलुक बेलायत लाग्ने कार्यक्रम छ।

उनले जेनेभामा केही दुइपक्षीय भेटवार्ता गर्ने पनि परराष्ट्र अधिकारीले जनाएका छन्। प्रधानमन्त्रीले बेलायतमा पनि शान्ति, प्रजातन्त्र र विकास बारे प्रवचनसँगै केही उच्चस्तरीय भेटघाट गर्ने बताइएको छ।

उनले त्यहाँ पार्टीबाट राजीनामा दिएका बेलायती प्रधानमन्त्री टेरेसा मेसँग दुईपक्षीय वार्ता गर्ने छन। उनले भूतपूर्व गोर्खाको समस्याका विषयमा पनि छलफल गर्ने बताइएको छ। उनी बेलायतबाट बुधबार फ्रान्स पुग्ने कार्यक्रम छ।

प्रधानमन्त्रीले फ्रान्सेली समकक्षी इडोर्ड फिलिपसँग वार्ता गर्ने बताइए पनि कार्यकारी राष्ट्रपति इमानुअल म्याक्रोँसँग भने भेट नहुने भएको छ। उनले फ्रान्समा पर्यटन, प्रविधि र निजी क्षेत्रको लानी प्रवर्द्धनबारे एक सम्झौताको साक्षी रहने छन्।

उनले भ्रमणको दौरानमा युरोपमा रहेको राजदूतलाई निर्देशन दिनेसमेतको कार्यक्रम परराष्ट्रले तय गरेको अधिकारीहरूले बताए। उनको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको भूमिका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले निर्वाह गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.