प्रधानमन्त्री कपको उपाधि पुलिसलाई

प्रधानमन्त्री कपको उपाधि पुलिसलाई

काठमाडौं : तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । पुलिसले त्रिभुवन आर्मी क्लबलाई चार विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

आर्मीले दिएको १२६ रनको लक्ष्य पुलिसले ४०.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । पुलिसको जितमा प्रारम्भिक ब्याट्सम्यान सुनिल धमलाले ४२ रनको अविजित पालि खेले । निकै सुस्त गतिमा रन बनाएका उनले १३१ बलमा दुई चौका हिर्काए । यस्तै अमित श्रेष्ठले ४४ रन बनाउँदा कप्तान मञ्जित श्रेष्ठले ११ रन बनाए ।

आर्मीका करन केसीले तीन विकेट लिए । यस्तै सहाब आलमले दुई तथा सुशन भारीले एक विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ३३.३ ओभरमा अलआउट हुँदै १२५ रन मात्र बनाउन सक्यो । पुलिसका पवन सर्राफ र ललितनारायण राजवंशीले धारिलो बलिङ गर्दै आर्मीलाई दबाबमा राखेका थिए । पवन र ललितले चार÷चार विकेट लिए । यस्तै सागर ढकालले पनि एक विकेट हात पारे ।

राजु रिजाल र सोमपाल कामीले आर्मीलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । दुवैले पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए । ७२ रनमा सोमपाल कामी व्यक्तिगत ३५ रनमा पेभेलियन फर्किएपछि आर्मीको विकेट पतन सुरु भएको थियो । राजुले ३२ रन बनाउँदा अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । आर्मीका भीम सार्की २० र रोहित पौडेल १८ रन बनाएर आउट भए । उनीहरूबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । फाइनल खेलको म्यान अफ दी म्याच पुलिसका ललित राजवंशी घोषित भए ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना र नेपालयको व्यवस्थापनको भएको प्रतियोगिताको उपाधि विजेता पुलिसले २० लाख रुपैयाँ प्राप्त गर्‍यो । उपविजेता आर्मीले भने १० लाख रुपैयाँमा चित्त बुझायो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.