यात्रु नपाउँदा जापान उडान दुई महिना सर्‍यो

यात्रु नपाउँदा जापान उडान दुई महिना सर्‍यो

काठमाडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले दुईवटा नयाँ वाइडबडी जहाज भित्र्याएको १ वर्षपछि पाएको नयाँ अन्तर्राष्ट्रिय गन्तव्यको जापान उडान स्थगित भएको छ। निगमले आगामी असार १९ गतेदेखि तय गरेको जापानको ओसाका उडान करिब २ महिना पर सारेर अब भदौ १२ देखि मात्रै गर्ने भएको छ। निगमले उडान मिति तय गरेर यात्रु बुकिङ नभएको बहानामा जापान उडान एक महिना २६ दिन पर धकेलेको हो।

जापान उडानको बुकिङ खुला गरेको ३ सातापछि बुकिङ नै कम भएको र जापान जाने आउने नेपालीको निम्ति अफ सिजनसमेत भएकाले पनि तय भइसकेको उडान स्थगित गर्नुपरेको वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए। उनका अनुसार सुरुवाती उडान भएकाले सकेसम्म नाफा हुने गरी गर्नुपर्ने हुन्छ। यसका निम्ति करिब २ महिना सार्दा जापानी पर्यटक र नेपालीको आवतजावतको सिजन हुने खरेलको बुझाइ छ। ‘नयाँ उडान तालिका अनुसार निगमले अपेक्षाअनुसार नाफा गर्न सकेन भने पनि धेरै घाटा खानु पर्दैन भन्ने निष्कर्ष निकालिएको हो’, खरेलले भने।

निगमले असार १९ को लागि खुला गरेको टिकेट बुकिङ भने निकै अपेक्षाभन्दा निकै कम आएको छ। अहिले जापानको निम्ति अफ सिजन हो भन्ने थाहा पाउँदापाउँदै घाटा नै हुने गरी किन उडान गर्नु भनेर भदौ १२ सम्मलाई स्थगित गरेको पनि खरेलले शनिबार अन्नपूर्णसँग बताए।

‘हामीले उडान केन्द्रित गर्ने भनेको जापानमा रहेका नेपालीकै आवतजावतमा हो। अहिले वर्षा सिजन लागेको र मध्य वर्षात्को मौसममा नेपालीको मुभमेन्ट कम हुन्छ। वर्षा सकिए पनि दसैंको माहोल सुरु हुने र नेपालीको चहलपहल पनि बढी हुने विषयलाई दृष्टिगत गरेर काठमाडौं जापान उडान गर्न लागिएको पनि खरेलको भनाइ छ।

निगमले आगामी असार १९ गतेदेखि तय गरेको जापानको ओसाका उडान करिब २ महिना पर सारेर अब भदौ १२ देखि मात्रै गर्ने भएको छ।

उनका अनुसार यस अघि घोषणा गरिएको असार १९ को समय उडान अनुमतिको आवेदन माग्न मात्र लिइएको हो। यसलाई केही सयम पछाडि सार्दा कुनै असर नपर्ने र जहाज उडानमा थप सहज हुन्छ। जापान उडान सुरु गरेपछि खाली उड्यो भने भन् ठूलो घाटा खानुपर्ने भएकाले अहिले नै सचेत भएर एक महिना अगाडि नै निर्णय गरिएको निगमको भनाइ छ।

‘निमगले अहिलेको अवस्था पनि अपेक्षाअनुसारको नाफा कमाउन सकेको छैन। यसमा निगमले व्यवसाय गर्न नसकेको होइन, प्रतिस्पर्धात्मक बजारका कारण नाफा कम भएको हो।’ निगमको हजाजमा अहिले औसतमा ८५ प्रतिशत सिट अकुपेन्सी रहेको छ। तर, प्रतिस्पर्धाले गर्दा कम नाफा लिएर उडान गर्नुपर्दा समस्या देखिएको हो। हामीले जहाज किन्दा लिएको ऋणको किस्ता नै धेरै तिर्नुपर्ने तर जहाज भने सुरुमै नाफामा जान नसक्दा समस्या देखिएको खरेल स्वीकार गर्छन्।

उनका अनुसार पछिल्लो समय निगले थाइल्यान्डको थाइ लाइनसँग सस्तोदरमा प्रतिस्पर्धा गर्नुपर्ने भएको छ। यो वायुसेवाले १५ हजारमै दुईतर्फी टिकट दिन्छ हामीले पनि सोहीअनुसार प्रतिस्पर्धा गर्नुपर्दा जहाज पूर्णक्षमतामा उडे पनि आम्दानी कम भएकाले नाफा बढाउन नसकिएको हो।

निगमका अनुसार जापानबाट बुकिङ पूर्ण भएर आएको अवस्थामा सोही यात्रु फर्कने हुन्छन्। उताबाट कम बुकिङ भयो भने जहाज नाफामा जान सकिँदैन। अहिले जापान उडानको बुकिङ २७४ सिट क्षमताको जहाजको निम्ति ५०÷६० जना पनि नभएकाले बाध्य भएर स्थगित गरेर नयाँ तालिकामा जानुपरको पनि निगमको भनाइ छ।

निगम स्रोतका अनुसार एजेन्सीले सहयोग नगरेका कारण निगमले टिकट बुकिङ कम भएको हो। पर्यटकीय सिजन र नेपालीको आवतजावतको समय पारेर उडान गर्ने गरी तालिका तय गरिएको पनि उल्लेख छ।

निगमका अनुसार उडान तालिका भने सातामा पूर्वघोषित ३ उडान नै हुनेछ। निगमले काठमाडौं–ओसाकाको नियमित उडान हरेक मंगलबार, बिहीबार र शनिबार गर्नेछ। निगमले काठमाडौंबाट बिहान २ः३० बजे ओसाकाका लागि उडान गर्ने छ भने स्थानीय समयअनुसार दिनको ११ः५५ बजे जपानको ओसाका पुग्नेछ। ओसाकाबाट स्थानीय समयअनुसार १ः ५५ बजे उडेको निगमको जहाजले काठमाडौंमा सोही दिन साँझ ६ः०० बजे अवतरण गर्नेछ।

निगमको गत असार १४ र साउन १० मा भित्रिएको ठूलो जहाज वाइडबडी ए३३०–२०० को निम्ति पहिलो नयाँ अन्तर्राष्ट्रिय उडान जापान हुनेछ। यसअघि सन् २००७ सम्म निगमले चीनको सांघाई हुँदै ओसाकासम्म उडान गथ्र्यो। तत्कालीन समयमा विमानको कमीले जापान उडान स्थगित गरिएको थियो।

सन् १९९४ मा सुरु भएको काठमाडौं–ओसाका उडान २००७ सम्म नियमित थियो। बोइङ ७५७ जहाजबाट गरिएको उक्त उडान चीनको सांघाई ट्रान्जिट भएर हुन्थ्यो। अहिले भने निगमले सीधै काठमाडौं–ओसाका उडान गर्न लागेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.