ओली सरकारको कार्यशैलीबाट जनताले समृद्धिको आशा गर्नु ठूलो भूल : नेता महत

ओली सरकारको कार्यशैलीबाट जनताले समृद्धिको आशा गर्नु ठूलो भूल : नेता महत

पोखरा : नेपाली कांग्रेसका सह-महामन्त्री डा.प्रकाशशरण महतले सरकार अधिनायकवादतर्फ अघि बढेको बताएका छन्। सरकारले संवैधानिक निकायलाई कमजोर बनाएर अधिनायकवादतर्फ अगाडि बढेको उनले आरोप लगाए।

पोखरामा आइतबार नेपाल प्रेस युनियन कास्कीको आयोजनामा भएको पत्रकार सम्मेलनेमा डा. महतले दुई तिहाईको बलमा अधिनायकवादतर्फ सरकार उन्मुख भएको आरोप लगाएका।

डा. महतले सरकारले अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संथालाई नियन्त्रणमा लिएर अधिनायकवाद र संस्थागत भ्रष्टाचारमा जुटेको आरोप लगाए।अरबौ रुपैयाँ भ्रष्टाचार भएका मुद्दा बाहिर आउँदा समेत अख्तियारलगायतका संस्था मौन बसेको पनि उनले अरोप लगाए। प्रधानमन्त्री ओलीको कार्य शैलीबाट जनताले समृद्धिको आशा गर्नु ठूलो भूल हुने बताए। 

यस्तै कार्यशैलीले दुई अंकको आर्थिक वृद्धि हुन नसक्ने उनले ठोकुवा गरे। देशमा लगानी मैत्री वातावरण नहुनु, असुरक्षा, नेताको व्यक्तिगत सेवा सर्त पुरा गर्नुपर्ने भएकाले विदेशी लगानीको त कुरै छाडौं स्वदेशी लगानीकर्ता समेत लगानी गर्न अघि नसरेको उनले सुनाए।

प्रेसमाथि अंकुश लगाउने सरकारको शैलीप्रति पनि उनले बिरोध गरे।उनले संसदमा पेश गरिएको मिडिया काउन्सिल विधेयकलाई नेपाली कांग्रेसले कुनै पनि हालतमा पास गर्न नदिने बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.