टर्कीसँग हार्‍यो विश्वकप विजेता

टर्कीसँग हार्‍यो विश्वकप विजेता

कोन्या : विश्वकप विजेता फ्रान्स युरोकप फुटबलको छनोट खेलमा टर्कीसँग पराजित भएको छ। आइतबार बिहान भएको समूह ‘एच’ अन्तर्गतको खेलमा घरेलु टोली टर्कीले फ्रान्सलाई २–० गोलले हरायो। टर्कीको जितमा कान अहानले ३०आंै मिनेटमा खाता खोलेका थिए। सेन्गिज अन्डरले ४०आंै मिनेटमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए।

पहिलो हाफमा टर्कीको आक्रमणबाट अत्ताालिएको फ्रान्सले दोस्रो हाफमा केही गोल गर्ने अवसर बनााए पनि सफल हुन सकेन। छनोट खेलमा टर्कीको यो तेस्रो जित हो। तीन खेल जितेको टर्की नौ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। पहिलो हार खेपेको फ्रान्स भने समान खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा आसिन छ।

समूह ‘एच’ अन्तर्गतको अन्य खेलमा आइसल्यान्डले अल्बानिया र माल्डोभाले एन्डोरालाई समान १–० गोलले पराजित गरे। आइसल्यान्डको जितमा जोहान बर्ग गुडमुन्डोसनले २२औं मिनेटमा गोल गरेका थिए। माल्डोभाको जितमा इगोर अर्मासले आठौं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो। जितसँगै ६ अंक बनाएको आइसल्यान्ड गोल अन्तरका आधारमा तालिकाको तेस्रो स्थानमा छ। एक÷एक जित निकालेका अल्बानिया र माल्डोभा चौथो र पाँचौं स्थानमा छन्।

यसैगरी समूह ‘सी’ को खेलमा जर्मनीले बेलारुसलाई २–० र उत्तारी आयरल्यान्डले इस्टोनियालाई २–१ गोलले हराए। समूह ‘आई’ को खेलमा रुसले सान मारिनोलाई ९–० गोलले पराजित गर्‍यो। सोही समूहको अर्को खेलमा बेल्जियमले कजाकस्तानलाई ३–० र स्कटल्यान्डले साइप्रसलाई २–१ गोलले हराए।

यसैगरी समूह ‘एफ’ अन्तर्गतको खेलमा क्रोएसियाले वेल्सलाई २–१ र हंगेरीले अजरबैजानलाई ३–१ गोलले हराए। समूह ‘जे’ को खेलमा इटालीले ग्रिसलाई ३–०, फिनल्यान्डले बोस्निया एन्ड हर्जगोभिनालाई २–० र आर्मेनियाले लिचटेन्सटिनलाई ३–० गोलले पराजित गरे।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.