पोखरामा ४ अर्ब ८१ करोड लागतमा खानेपानी शुद्धीकरण आयोजना

पोखरामा ४ अर्ब ८१ करोड लागतमा खानेपानी शुद्धीकरण आयोजना

पोखरा : पर्यटकीय सहर पोखरामा ४ अर्व ८१ करोड लागतमा खानेपानी शुद्धीकरण आयोजना सुरु हुने भएको छ। जापान सरकारको अनुदान सहयोगमा पोखरामा अहिले वितरण भइरहेको मर्दी खोलाको पानीलाई प्रशोधन र शुद्धीकरण गरि पिउन योग्य बनाउन आयोजना सुरु हुन लागेको हो।

नेपाल खानेपानी संस्थानले अहिले उपभोक्तालाई प्रशोधन नगरी सोझै खोलाको पानी टंकीमा जम्मा गरी पाइपबाट घर घरमा वितरण गर्दै आएको छ। वर्षाममा हिलोमाटो नै घर घरका धारामा झर्ने र खोलामा फ्याकीएका फोहोर सोझै ग्राहकको घरमा पुग्ने समस्या यो योजना संचालनमा आएपछि अन्त्य हुने छ। खानेपानीको मुहान मर्दी खोलाको ड्याम भन्दा केही तल खानेपानी शुद्धीकरणका लागि गरिने छ।

जापान सरकारको कुल अनुदान मध्ये ४ अर्व २१ करोडमा सिभिल कार्यका लागि जापानमै बोलपत्र आह्वान भएको थियो। जस मध्ये हाजमा एन्दो कर्पोरेसन कम्पनीले ८.२ प्रतिशत कममा बोलपत्र कबोल गरेको हो। हाजमा एन्दो कर्पोरेसन कम्पनीले ३ अर्व ९४ करोड २७ लाख रुपौयाँमा खानेपानी शुद्धीकरणको ठेक्का पाएको छ।

यसकालागि खानेपानी भण्डारण गर्न २० लाख लिटरको ३ वटा रिजर्भवायर पानी ट्यांकी समेत निमार्ण हुने छ। पोखराको पस्याङ, फूलवारी र कोलपाटनमा रिजर्भरवायर ट्यांकी निर्माण गरिने महर्जनले बताए। आयोजना काम सुरु भएको तीन वर्ष भित्र सकिने छ। पोखरामा खानेपानीको ग्राहक ४५ सय छन्। यो योजनाबाट ४ लाख २५ हजार लाभान्वित हुने नेपाल खानेपानी संस्थान पोखराका कामु सहायक प्रबन्धक इन्जिनियर निरण महर्जनले बताए।

मर्दी खोलाबाट साढे ४ करोड लिटर पानी दैनिक उपयोग हुँदै आएको छ। पोखराको भोटीखोला, कालीमुडा, धारापानी, ५ वटा बोरिङ लगायतबाट दैनिक १ करोड लीटर पानी गरेर साढे ५ करोड खानेपानी उत्पादन हुँदै आएको छ। पोखरामा दैनिक ६ करोड लीटर पानीको माग रहेको पनि उनले सुनाए। पोखराको खानेपानी शुद्धीकरण आयोजना मेलम्चीपछिको ठुलो खानेपानी योजना रहेको छ। 

सन् २००४ देखि नै खानेपानी शुद्धीकरण योजनाको अध्ययन अघि बढे पनि जापान सरकारको अनुदान सहयोगमा आयोजनाको काम सुरु हुन लागेको नेपाल खानेपानी संस्थान पोखराका कामु सहायक प्रवन्धक इन्जिनियर महर्जनले जानकारी दिए। खानेपानी शुद्धीकरण आयोजनाको नेपाल सरकारको खानेपानी मन्त्री विना मगरले मंगलवार शिलान्यास गर्ने कार्यक्रम रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.