चितवन दूधमा आत्मनिर्भर

चितवन दूधमा आत्मनिर्भर

चितवन : चितवन जिल्ला दूधमा आत्मनिर्भर बनेको छ। यहाँ उत्पादित दूध आन्तरिक बजार पूरा गरी अन्य जिल्लामा पनि बिक्री हुने गरेको छ। उत्पादनको करिब ४० प्रतिशत अन्य जिल्लामा बिक्री भइरहेको छ। पछिल्लो समय युवासमेत पशुपालनतर्फ आकर्षित भएपछि दूध उत्पादन ह्वात्तै बढेको छ।

जिल्लामा दैनिक २ लाख ८९ हजार ३ सय ३९ लिटर दूध उत्पादन हुन्छ। त्यसको १ लाख २४ हजार लिटर जिल्लामै खपत हुन्छ। कृषि तथा पशुपंछी विकास मन्त्रालयको कार्यविधिअनुसार बुधबार चितवनलाई दूधमा आत्मनिर्भर जिल्ला घोषण गर्न लागिएको छ। मन्त्रालयले विश्व खाद्य संगठनको हरेक व्यक्तिलाई २ सय ५० मिलीलिटर दूध आवश्यकपर्ने नीति लिएको छ। यहीअनुसार प्रतिव्यक्तिको आवश्यकताभन्दा बढी उत्पादन भएपछि आत्मनिर्भर भएको हो।

प्रतिव्यक्ति वार्षिक ९१ लिटर आवश्यक पर्नेमा जिल्लामा एक सय ७० लिटर उत्पादन हुन्छ। ३ महिनाको अध्ययन र अनुसन्धानपछि घोषणा गर्न लागिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा.विजय श्रेष्ठले बताए।

भरतपुर महानगरपालिका ६ स्थित देवनगरका कृषक दूध बिक्री गर्न सहकारीमा लैजाँदै।

चितवन जिल्ला दुग्ध उत्पादनक सहकारी संघ लिमिटेड र भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले दूधमा आत्म निर्भर घोषणा गर्न लागेका हुन्। दूधमा आत्मनिर्भर जिल्ला घोषणाले कृषक उत्साहित बनेका छन्। दूध उत्पादनमा आत्मनिर्भर जिल्ला घोषणा गरेपछि सरकारको ध्यान केन्द्रित हुने किसानले आशा गरेका छन्। ‘दूधको बजार अस्थिर हुँदा दूध बाटोमा पोख्नु परेको छ’, सहकारी संघका अध्यक्ष रत्नमणि न्यौपानेले भने, ‘आत्मनिर्भर भएपछि राज्यले किसानलाई हेर्छ भन्ने आशा हो।’ किसानको समस्या राज्यले हेरे दूध उत्पादन अझै बढ्ने उनले बताए।

जिल्लामा दैनिक २ लाख ८९ हजार ३ सय ३९ लिटर दूध उत्पादन हुन्छ।

पशुपालनमा अनुदान पाउने अपेक्षा किसानको छ। दूधान बजारीकरणको समस्या छ। दूधको उचित मूल्य नपाएको भन्दै आन्दोलन गर्दै आएका छन्। झण्डै २० हजार कृषक दूध उत्पादनमा लागेका छन। यहाँ उत्पादित दूध काठमाडौं, हेटौंडा, पोखरालगायत जिल्लामा बिक्री हुने गरेको छ। जिल्लामा दैनिक ३ लाख लिटर दूध उत्पादन हुन्छ। किसान लक्षित कार्यक्रम लागू भए दूध उत्पादनमा फड्को मार्न सकिने सचिव किशोर बगालेले बताए। ‘नश्लो सुधार गरेर आधुनिकीकरणमा जान सकिन्छ भन्ने लागेको छ’,उनले भने, ‘दूध उत्पादनमा प्रोत्साहन भए यसले देशकै पहिचान बढाउन सक्छ ’।

चितवनमा पशुपालनमा कृषकको आकर्षण बढेको छ। १ सय ३७ दुग्ध उत्पादक सहकारी संघ छन्। दूध उत्पादनबाट मनग्ये आम्दानी गर्न सकिने भन्दै कतिपय युवा वैदेशिक रोजगारबाट फर्केर पशुपालन गर्न थालेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.