काठमाडौंका ५ ठाउँमा स्मार्ट पार्किङ (फोटो)

काठमाडौंका ५ ठाउँमा स्मार्ट पार्किङ (फोटो)

काठमाडौं : काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा आइतबार न्युरोडका ५ ठाउँमा स्मार्ट पार्किङ सुरु गरेको छ। स्मार्ट पार्किङ उद्घाटन गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सडक व्यवस्थित गर्न सेवा सुरु गरिएको बताए।

उनले स्मार्ट पार्किङ अस्थायी पाइलट प्रोजेक्टका रूपमा सुरु सारिएको बताए। उनले भने, ‘पहिलो पटक यो प्रोजेक्ट सुरु गरिएको हो। यसलाई परिष्कृत गर्दै लग्छौं।’ सडकमा पार्किङ गर्ने प्रवृत्ति महानगरपालिकाको समस्या रहेको उल्लेख उनले स्मार्ट पार्किङपछि त्यस्तो प्रवृत्ति निरुत्साहित हुने बताए।

स्मार्ट पार्किङको शुल्क दुईथरि तोकिएको छ। महानगरका अनुसार चारपांग्रेका लागि ८० र दुईपांग्रे सवारीका लागि प्रतिघण्टा २५ रुपैयाँ तोकिएको छ।

ह्विल्स ट्रुली योर्स प्रालिसँगको सहकार्यमा न्युरोडको विशाल बजारअगाडि इन्द्रचोक जाने सडक, रामेश्वर मिठाइ पसल पछाडिको भाग, धर्मपथ, पाको र आरबी कम्प्लेक्स अगाडि स्मार्ट पार्किङ गर्न मिल्ने छ। एकपटकमा करिब ८ सय मोटरसाइकल र ४० गाडी पार्किङ गर्न सकिने छ। न्युरोड जानुअघि उपभोक्ताले मोबाइलबाटै रियल टाइममा कुन ठाउँ खाली छ भनेर हेर्न र पार्किङ गर्ने ठाउँ बुकिङ गर्न सक्ने छन्।

रिजर्भ नगरी पुग्ने सवारीधनीले स्क्रिन हेरेर पार्किङ गर्ने ठाउँ छान्न सक्ने छन्। पार्किङ स्थलमा गोप्रो क्यामरासहितका पार्किङ सहयोगी छन्। रिजर्भ गरेको समय, पार्किङ गरिएको स्थान र समय, पार्किङ शुल्कजस्ता विवरण क्यूआर कोडबाट पनि हेर्न सकिने महानगरपालिकाले जनाएको छ। यसका लागि ‘केएमसी पार्किङ’ एप एन्ड्रोइड र आईओएस दुवैमा डाउनलोड गर्न सकिने छ।
हेर्नुस् स्मार्ट पार्किङका फोटोहरू।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.