‘रत्नमन्दिर संग्रहालय बनाएर खुला हुन्छ’

‘रत्नमन्दिर संग्रहालय बनाएर खुला हुन्छ’

पोखरा : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पूर्व राजा पोखरा आउँदा बस्ने फेवाताल किनारको रत्नमन्दिर संग्रहालयका रुपमा छिट्टै खुला हुने बताएका छन्। काठमाडौैंको नारायणहिटी दरबारजस्तै पोखराको रत्नमन्दिर र हिमागृहलाई खुला गरेर पर्यटकको समेत एक दिन बसाइ लम्ब्याउने गरी विकास गरिने पूर्वप्रधानमन्त्री दाहालले बताएका हुन्।

यसका लागि आफूले पहल गर्ने पूर्वप्रधानमन्त्री दाहालले पोखरामा पर्यटन व्यवसायीसँगको छलफल कार्यक्रममा बताए। पोखरामा दुई फरकफरक कार्यक्रम पर्यटन व्यवसायी सँगको छलफल र पुरुष तथा महिला राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै दाहालले रत्नमन्दिर र हिमागृहलाई जनताले हेर्न नपाउने गरी लुकाएर राखिएको बताउँदै खुला गरिने बताएका हुन्। पूर्वराजा बस्ने दरबारलाई व्यवस्थित गरी खुला गरिँदा पर्यटकको बसाइ लम्बिने पर्यटन व्यवसायी बताउँछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो प्रधानमन्त्रीकालमा उनैको उपस्थितिमा नेपाल ट्रस्ट सञ्चालक समिति बैठकले रत्नमन्दिरलाई पर्यटक आकर्षण गर्ने गरी संग्रहालयसहित स्वप्न बगैंचाका रुपमा विकास गर्ने निर्णयसमेत भएको नेपाल ट्रस्टका कर्मचारी बताउँछन्।

ट्रस्टले रत्नमन्दिर दरबार अवलोकन गर्न विदेशी नागरिकलाई १ हजार, स्वदेशी नागरिकलाई १०० र विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई ५० रुपैयाँ निर्धारण गरेर टिकटसमेत छापेको कर्मचारीले बताएका छन्। दरबार खुला नभएपछि छापेका टिकट थन्क्याइएको एक कर्मचारीले सुनाए।

राजा महेन्द्रले पोखरा आउँदा बस्न बनाएको मन्दिर रानी रत्नको नाममा राखेका थिए। तीन सुरक्षा घेरा हुँदै रत्नमन्दिर पुग्न सकिन्छ। त्कालीन राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र तीन पुस्ता पोखरा आउँदा यही दरबारमा बसेकाले पनि यो दरबार पर्यटकका लागि मात्र होइन स्थानीयका लागि पनि कौतूहल बनेको छ। २०१३ सालमा निमार्ण पूरा भएको रत्नमन्दिर १ सय ११ रोपनी क्षेत्रफलमा छ। रत्नमन्दिर परिसरमा राजा बस्ने बंगला प्रमुख आकर्षण हो। बंगलामा ११ कोठा छन्। त्यससँगै राजा पोखरा आउँदा दैनिक रुपमा कामकाज गर्ने स्थान, बोट हाउस, एडिसी अफिस र सुन्दर बगैंचा छन्। तालको किनारमा रहेका मन्दिर आकर्षक छ। चराचुरुंगीको चिरबिर आवाज र फेवातालको मनोरम दृश्य त्यहाँ पुग्ने जोकोहीलाई पनि लोभ्याउँछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.