नेकपा सचिवालयको बैठक स्थगित

नेकपा सचिवालयको बैठक स्थगित

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक स्थगित भएको छ। अर्को बैठकको समय नतोकी बालुवाटारमा शनिबार दिउँसो सुरु भएको बैठक स्थगित भएको हो। 

पार्टी एकता भए पनि सचिवालयले संगठनको एकताको काम भने टुंग्याउन सकेन। जिल्ला इन्चार्ज र सह–इन्चार्ज तोक्ने विषयको विवाद पछिल्लो समय झन पेचिलो बन्दै गइरहेको छ। यसमा दोहोरो जिम्मेवारीमा दिने कि नदिने भन्नेमा विवाद छ।

माधव नेपाल पक्षका नेताहरुले दोहोरो जिम्मेवारी नदिने पक्षमा छन् भने प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा नेताहरु दोहोरो जिम्मेवारी दिने पक्षमा छन्। यही विवादका कारण गत जेठको २१,२२ र २३ गते बसेको सचिवालय बैठकले पनि जिल्ला इन्चार्ज र सह–इन्चार्ज तोक्न सकेको थिएन। त्यसपछि प्रधानमन्त्री ओलीको यूरोप भ्रमण गएका थिए। उनी भ्रमणबाट आउने बित्तिकै जिल्ला इन्चार्ज र सह–इन्चार्ज तोक्न सचिवालय बैठक डाकिएकाे थियो। 

१३ महिनादेखि थन्किएको राजधानीतिक प्रतिवेदनबारे भने पार्टी अध्यक्षद्वयले बैठकलाई जानकारी गराए। बैठकमा दुबै अध्यक्षले उक्त राजनीतिक प्रतिवेदन सम्पादनको अन्तिम चरणमा रहेको र छिट्टै सार्वजनिक गर्ने बताएको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए। 

बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, महासचिव विष्णु पौडेल, वामदेव गौतम, रामबहादुर थापा बादल, ईश्वर पोखरेलमात्र बैठकमा सहभागी छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.